‘कांग्रेस पर्वत हो, खुकुरी प्रहारबाट मर्दैन, सकिँदैन’
काठमाडौँ । नेपाली कांग्रेसका नेता रमेश लेखकले नेपाली कांग्रेस खुकुरी प्रहारबाट नमर्ने र नसकिने बताएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै नेता लेखकले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधवार भएको आक्रमणको भर्त्सना गर्दै लेखकले यस्तो बताएका हुन् ।
‘कुनै मानिसले खुकुरी हानेर कांग्रेस सिध्याउँछु भन्नु र टाउको ठोक्काएर पर्वत भत्काउँछु भन्नु एउटै हो’, लेखकले भने, ‘खुकुरी प्रहार गरेर नेपाली कांग्रेस सकिन्छ र मर्छ भनेर यदि कसैलाई लागेको छ र भ्रम छ भने अहिलेबाटै त्यो भ्रम निकाले हुन्छ । खुकुरी प्रहारबाट कांग्रेस मर्दैन, सकिँदैन ।’
उनले लोकतन्त्रको पक्षमा अविचलित ढङ्गले उभिएको पर्वत भएको पनि लेखको भनाइ छ । उनले राणा, पञ्चायत र राजाले टाउको जुधाउँदा उनीहरूकै टाउको फुटेको भन्दै कांग्रेस, एमाले र माओवादीलगायतका सङ्घीयता पक्षधर दलहरू पुराना हुन् निकास दिन सक्दैनन् भनेर कृत्रिम भाष्य तयार गर्नेहरूको सपना पुरा नहुने बताए ।
श्यामबहादुर सापकोटाको हातमा भएको खुकुरी कसैले पुर्याएको भन्दै खुकुरीको लक्ष्य यादव मात्रै हो कि त्यो भन्दा माथि को छ र त्यो प्रवृत्ति को हो भन्दै उनले प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण