शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

‘कांग्रेस पर्वत हो, खुकुरी प्रहारबाट मर्दैन, सकिँदैन’

बिहीबार, २१ भदौ २०८०, १४ : ३७
बिहीबार, २१ भदौ २०८०

काठमाडौँ । नेपाली कांग्रेसका नेता रमेश लेखकले नेपाली कांग्रेस खुकुरी प्रहारबाट नमर्ने र नसकिने बताएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै नेता लेखकले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधवार भएको आक्रमणको भर्त्सना गर्दै लेखकले यस्तो बताएका हुन् । 

‘कुनै मानिसले खुकुरी हानेर कांग्रेस सिध्याउँछु भन्नु र टाउको ठोक्काएर पर्वत भत्काउँछु भन्नु एउटै हो’, लेखकले भने, ‘खुकुरी प्रहार गरेर नेपाली कांग्रेस सकिन्छ र मर्छ भनेर यदि कसैलाई लागेको छ र भ्रम छ भने अहिलेबाटै त्यो भ्रम निकाले हुन्छ । खुकुरी प्रहारबाट कांग्रेस मर्दैन, सकिँदैन ।’

उनले लोकतन्त्रको पक्षमा अविचलित ढङ्गले उभिएको पर्वत भएको पनि लेखको भनाइ छ । उनले राणा, पञ्चायत र राजाले टाउको जुधाउँदा उनीहरूकै टाउको फुटेको भन्दै कांग्रेस, एमाले र माओवादीलगायतका सङ्घीयता पक्षधर दलहरू पुराना हुन् निकास दिन सक्दैनन् भनेर कृत्रिम भाष्य तयार गर्नेहरूको सपना पुरा नहुने बताए । 

श्यामबहादुर सापकोटाको हातमा भएको खुकुरी कसैले पुर्‍याएको भन्दै खुकुरीको लक्ष्य यादव मात्रै हो कि त्यो भन्दा माथि को छ र त्यो प्रवृत्ति को हो भन्दै उनले प्रश्न गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप