माओवादी बागमती प्रदेशका अध्यक्ष पौडेलको दाबी : कार्यालय सञ्चालनसम्बन्धी कार्यविधि जारी भएको छैन(परिपत्रसहित)
काठमाडौँ । नेकपा माओवादी केन्द्र बागमती प्रदेश मातहतका कार्यालयमा प्रदेश अध्यक्षको समेत फोटो राख्ने सम्बन्धमा कुनै सर्कुलर जारी नभएको अध्यक्ष सरल सहयात्री पौडेलले जिकिर गरेका छन् । कार्यालय व्यवस्थापनसम्बन्धी कार्याविधि २०८० जारी नभएको स्पष्ट पार्दै उनले भ्रममा नपर्न आग्रह गरेका हुन् ।
आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले कल्पनासमेत नगरको विषयलाई बाहिर ल्याएकोमा उनले असन्तुष्टि पोखे । ‘सञ्चार माध्यममा आएका दस्ताबेज पार्टीको आधिकारिक होइन । कार्यालय व्यवस्थापनसम्बन्धी कार्यविधि हामीले पहिल्यै जारी गरिसकेका छौँ’, उनले भने, ‘मेरो चरित्र हत्या गर्ने उद्देश्यले यस्ता सामाग्री बाहिर ल्याएको देखिन्छ । कार्यालयको सही छाप, लेटर हेड र आधिकारिक व्यक्तिको सही नभएको कागजात आधिकारिक हुँदैन । कोही पनि भ्रममा नपर्नोस् ।’
पार्टीमा बसेर पदीय दुरुपयोग गरी मिडियामार्फत भ्रम छर्ने तथा बदनाम गर्न खोजिएको हुने सक्ने उनको भनाइ छ । एक वर्षअघि नै दोस्रो सर्कुलरको अनुसूचीको कार्यविधि बनेको छ । त्यसयता चुनावी निर्देशिका बाहेक कार्यविधिसम्बन्धी कुनै सर्कुलर जारी नभएको उनको दाबी छ ।
‘हामीले एक वर्षअघि नै दोस्रो सर्कुलरको अनुसूचीको कार्यविधि बनाएर मातहतको कमिटीमा पठाइसकेका छौँ । त्यसयता चुनावी निर्देशिकाबाहेक कार्यविधिसम्बन्धी कुनै सर्कुलर जारी भएको छैन’, उनले दाबी गरे ।
बागमती समितिले पार्टी संगठन र बैठक सञ्चालन सहजीकरण कार्यविधिसम्बन्धी सर्कुलर मातहतको समितिमा पठाएको थियो । जसअनुसार बैठक तयारी, आचारसंहिता, र बैठक सञ्चालन र समयको सम्बन्धमा कार्यविधिमा उल्लेख छ ।
एकवर्षअघि जारी भएको परिपत्रमा के छ ?
_OS7oCUIwll.jpg)
_U2QEiOzRoy.jpg)
_uGCZNIg0mO.jpg)
_NM3r5mdyu0.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण