शुक्रबार, १९ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेदरल्यान्ड्सले विश्वकप खेल्ने टोली घोषणा गर्‍यो

बिहीबार, २१ भदौ २०८०, १६ : ५४
बिहीबार, २१ भदौ २०८०

काठमाडौँ । यसै वर्ष आयोजना हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताका लागि नेदरल्यान्ड्सले आफ्नो टोली घोषणा गरेको छ । नेदरल्यान्ड्सको टोलीमा तीनजना खेलाडीलाई फिर्ता बोलाइएको छ ।

कोलिन एकरम्यान, पल भान मिकेरन र रोएलोफ भान डेरलाई टोलीमा फिर्ता बोलाइएको हो । यसअघि जिम्मबोबमा सम्पन्न एकदिवसीय विश्वकपको छनोट प्रतियोगितामा यी तीन खेलाडी टोलीमा सहभागी थिइनन् ।  नेदरल्यान्ड्सले बिहीबार घोषणा गरेको १५ सदस्यीय टोलीमा साइब्रान्ड एङ्गलब्रेच्टलाई पनि स्थान दिइएको छ । ब्याट्सम्यान साइब्रान्ड दक्षिण अफ्रिकामा जन्मिएका हुन् । उनले उमेरसमूह हुँदै राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । 

विश्वकपका लागि घोषित टोलीमा स्कट एडवार्डस ९कप्तान०, कोलिन एकरम्यान, सारिज अहमद, वेस्ली बारेसी, लोगन भान बीक, आर्यन दत्त, साइब्रान्ड एङ्गलब्रेच्ट, रायन क्लेइन, बास डे लिडे, पल भान मिकेरन, रोएलोफ भान डेर, तेजा निदामानुरु, म्याक्स ओ’डड, विक्रम सिंह र साक्विब जुल्फिकर रहेका छन् । नोच क्रोएस र काइली क्लेइनलाई अतिरिक्त खेलाडीका रुपमा टोलीमा समावेश गरिएको छ

ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025 ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप