नेदरल्यान्ड्सले विश्वकप खेल्ने टोली घोषणा गर्यो
काठमाडौँ । यसै वर्ष आयोजना हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताका लागि नेदरल्यान्ड्सले आफ्नो टोली घोषणा गरेको छ । नेदरल्यान्ड्सको टोलीमा तीनजना खेलाडीलाई फिर्ता बोलाइएको छ ।
कोलिन एकरम्यान, पल भान मिकेरन र रोएलोफ भान डेरलाई टोलीमा फिर्ता बोलाइएको हो । यसअघि जिम्मबोबमा सम्पन्न एकदिवसीय विश्वकपको छनोट प्रतियोगितामा यी तीन खेलाडी टोलीमा सहभागी थिइनन् । नेदरल्यान्ड्सले बिहीबार घोषणा गरेको १५ सदस्यीय टोलीमा साइब्रान्ड एङ्गलब्रेच्टलाई पनि स्थान दिइएको छ । ब्याट्सम्यान साइब्रान्ड दक्षिण अफ्रिकामा जन्मिएका हुन् । उनले उमेरसमूह हुँदै राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् ।
विश्वकपका लागि घोषित टोलीमा स्कट एडवार्डस ९कप्तान०, कोलिन एकरम्यान, सारिज अहमद, वेस्ली बारेसी, लोगन भान बीक, आर्यन दत्त, साइब्रान्ड एङ्गलब्रेच्ट, रायन क्लेइन, बास डे लिडे, पल भान मिकेरन, रोएलोफ भान डेर, तेजा निदामानुरु, म्याक्स ओ’डड, विक्रम सिंह र साक्विब जुल्फिकर रहेका छन् । नोच क्रोएस र काइली क्लेइनलाई अतिरिक्त खेलाडीका रुपमा टोलीमा समावेश गरिएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण