श्रम मन्त्रालयका प्रवक्ताको हस्ताक्षर गरेर नक्कली प्रेस विज्ञप्ति
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ताको हस्ताक्षर गरेर नक्कली विज्ञप्ति जारी भएको छ । मौसमी कामदार सम्बन्धमा प्रवक्ताको हस्ताक्षरको दुरुपयोग गर्दै नक्कली विज्ञप्ति जारी भएको हो ।
यो विषयमा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै त्यस्तोको पछि नलाग्न सबैमा अनुरोध गरेको छ ।
भदौ २० गते चलानी नम्बर ५०५ लेखी प्रवक्ता/सहसचिवको हस्ताक्षरसहित मौसमी कामदार सम्बन्धमा जारी भएको नक्कली प्रेस विज्ञप्तिप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मौसमी कामदार पठाउने सम्बन्धमा हालसम्म नेपाल सरकार र कोरियाली सरकारबीचमा कुनै पनि सम्झौता नभएको प्रष्ट पारेको छ । मौसमी कामदार पठाउने सम्बन्धी व्यवस्था मौसमी कामदार व्यवस्थापन निर्देशिका, २०७९ बमोजिम हुने मन्त्रालयले बताएको छ ।
प्रवक्ता डण्डुराज घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, सामाजिक सञ्जालहरूमा यसरी प्रसारित नक्कली प्रेस विज्ञप्तिमा विश्वास गरी अनावश्यक रुपमा भ्रममा नपर्न मन्त्रालय सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ ।’
आधिकारिक निकायको अनुमतिबिना सामाजिक सञ्जालमा वैदेशिक रोजगार सम्बन्धी विषयमा प्रचारप्रसार गरी सर्वसाधारणमा भ्रम सृजना नगर्न समेत समेत सचेत गराएको छ ।
प्रचलित कानुन विपरीत भएका हुने गतिविधिहरुलाई नियन्त्रण गर्न मन्त्रालय सदैव क्रियाशील रहेको प्रष्ट पारेको छ ।
प्रवक्ताको हस्ताक्षरसहितको लेटरप्याडको दुरुपयोग गरी दुष्प्रचार गरी भ्रम सिर्जना गर्नेलाई अनुसन्धान तथा कारबाही प्रक्रियामा लगिएको समेत मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण