‘परदेशी २’ असोज २६ मै आउने
काठमाडौँ । फिल्म ‘परदेशी २’ आगामी असोज २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । दसैँको फूलपाती (कात्तिक ४) मा प्रदर्शन आउने तयारीमा रहेको यो फिल्म एक साता अगाडि नै आउने भएको हो ।
यो फिल्म कात्तिक ४ मा रिलिज हुने भनिएको फिल्म ‘पशुपति प्रसाद २ : भस्मे डन’सँग जुध्न लागेको थियो । अहिले उक्त फिल्मका टिमसँग सल्लाह गर्दै अलग–अलग प्रदर्शन गर्न लागेका हुन् । ‘परदेशी २’ असोज २६ गते (घटस्थापनाको दुई दिन अगाडि) र ‘भस्मे डन’ कात्तिक ४ गते (फूलपाती)बाट प्रदर्शन गर्ने सहमति दुवै फिल्मबीच भएको छ ।
दुवै फिल्मका निर्माताले एक संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै चौथौँ पटकको छलफलमा अलग–अलग मितिमा फिल्म प्रदर्शन गर्ने सहमति भएको जनाएका छन् । ‘जुधेर होइन जुटेर सफलता हात पार्न सकिन्छ भन्ने कुराको पाठ नेपाली फिल्मका कतिपय जुधाईले हामीलाई सिकाइसकेको छ । त्यसैले पनि हामी जुधेर होइन जुटेर जाने निर्णय गर्यौ’ विज्ञप्तिमा भनिएको छ ।
नारायण रायमाझी निर्देशित ‘परदेशी २’ मा प्रकाश सपूत, केकी अधिकारी, वर्षा सिवाकोटी, दिलीप रायमाझी, प्रशान्त तामाङ, नीर शाह, रमा थपलिया, सुशील पोखरेल, सविन बास्तोला, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको अभिनय छ ।
गायक सपूतले यही फिल्मबाट अभिनेताको रूपमा डेब्यू गरेका हुन् । फिल्मको निर्मातामा राजेश बंशल र निर्देशक रायमाझी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण