बलात्कार आरोपमा अमेरिकी अभिनेतालाई ३० वर्ष जेल सजाय

लस एन्जलिस । अमेरिकी अभिनेता ड्यानी मास्टरसनलाई दुई महिलालाई बलात्कार गरेको आरोपमा ३० वर्षको जेल सजाय सुनाइएको छ । मास्टरसनलाई सन् २००३ मा महिलालाई बलात्कार गरेको तीनवटा छुट्टाछुट्टै मुद्दामा अभियोग लगाइएको थियो। लस एन्जलिसको अदालतमा बुधबार भएको सुनुवाइमा न्यायाधीशले अभिनेतालाई दुईवटा मुद्दामा दोषी ठहर गरेको हो । तर, तेस्रो मुद्दामा भने कुनै निष्कर्षमा पुग्न सकिएन ।
चर्च अफ साइन्टोलोजीका पूर्व सदस्य रहेका तीन महिलाले मास्टरसनमाथि सन् २००१ र २००३ बीच आफ्नो हलिउड हिल्सको घरमा बलात्कार गरेको आरोप लगाएका थिए । यसअघि जुन २०२३ मा यस मुद्दाको सुनुवाइपछि प्रहरीले ड्यानी मास्टरसनलाई हिरासतमा लिएको थियो। पीडितहरूले मास्टरसनलाई आफ्नो पेय पदार्थ मिसाएर बलात्कार गरेको आरोप लगाए। यसै क्रममा अभिनेताका वकिलले भने अभिनेता र महिलाबीचको सबै कुरा सहमतिमा भएको दाबी गरेका थिए ।
सन् २००१ र २००३ को बीचमा जब मास्टरसनले यी अपराधहरू गरे, उनको टिभी शो ‘द ७० को शो’ प्रसारण हुन्थ्यो । यो अमेरिकाको चर्चित टिभी शो मध्ये एक थियो जसमा एश्टन कुचर र मिला कुनिसजस्ता चर्चित हलिउड कलाकारहरू पनि देखिएका थिए। यस शो बाहेक ड्यानीले ‘मेन एट वर्क’ र ‘द र्यान्च’ नामक टिभी शोहरू पनि गरे। २०११ मा ड्यानीले अभिनेत्री र मोडेल बिजोउ फिलिप्ससँग विवाह गरेका थिए ।दुवैको एक छोरी पनि छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छ महिनापछि घर फर्किए टिंकरवासी
-
मोटरसाइकल चोरेर भाग्दा टिप्परसँग ठोक्किएर दुर्घटना
-
कश्मीर : भारत–पाकिस्तानबिच आजसम्मका तनाव शृङ्खला
-
पाकिस्तानको गोलाबारीमा जम्मू कश्मीरका एक अधिकारीको मृत्यु
-
पाकिस्तानद्वारा भारतविरुद्ध प्रत्याक्रमणको घोषणा
-
ठेकदार सांसद कान्छारामको लापर्बाही : दोस्रो म्याद पनि सकियो तर सकिएन १५ सडकको काम