बलात्कार आरोपमा अमेरिकी अभिनेतालाई ३० वर्ष जेल सजाय
लस एन्जलिस । अमेरिकी अभिनेता ड्यानी मास्टरसनलाई दुई महिलालाई बलात्कार गरेको आरोपमा ३० वर्षको जेल सजाय सुनाइएको छ । मास्टरसनलाई सन् २००३ मा महिलालाई बलात्कार गरेको तीनवटा छुट्टाछुट्टै मुद्दामा अभियोग लगाइएको थियो। लस एन्जलिसको अदालतमा बुधबार भएको सुनुवाइमा न्यायाधीशले अभिनेतालाई दुईवटा मुद्दामा दोषी ठहर गरेको हो । तर, तेस्रो मुद्दामा भने कुनै निष्कर्षमा पुग्न सकिएन ।
चर्च अफ साइन्टोलोजीका पूर्व सदस्य रहेका तीन महिलाले मास्टरसनमाथि सन् २००१ र २००३ बीच आफ्नो हलिउड हिल्सको घरमा बलात्कार गरेको आरोप लगाएका थिए । यसअघि जुन २०२३ मा यस मुद्दाको सुनुवाइपछि प्रहरीले ड्यानी मास्टरसनलाई हिरासतमा लिएको थियो। पीडितहरूले मास्टरसनलाई आफ्नो पेय पदार्थ मिसाएर बलात्कार गरेको आरोप लगाए। यसै क्रममा अभिनेताका वकिलले भने अभिनेता र महिलाबीचको सबै कुरा सहमतिमा भएको दाबी गरेका थिए ।
सन् २००१ र २००३ को बीचमा जब मास्टरसनले यी अपराधहरू गरे, उनको टिभी शो ‘द ७० को शो’ प्रसारण हुन्थ्यो । यो अमेरिकाको चर्चित टिभी शो मध्ये एक थियो जसमा एश्टन कुचर र मिला कुनिसजस्ता चर्चित हलिउड कलाकारहरू पनि देखिएका थिए। यस शो बाहेक ड्यानीले ‘मेन एट वर्क’ र ‘द र्यान्च’ नामक टिभी शोहरू पनि गरे। २०११ मा ड्यानीले अभिनेत्री र मोडेल बिजोउ फिलिप्ससँग विवाह गरेका थिए ।दुवैको एक छोरी पनि छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो बागमती प्रदेश खेलकुदमा काठमाडौँ प्रथम
-
ओलीको बिदाइ कांग्रेस शैलीमा होइन, विधिसम्मत र एकताबद्ध ढङ्गले गरौँ: कर्णालीका नेताहरूको सुझाव
-
समाचार हटाउन अदालतले दिएको आदेशप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
-
एकल उम्मेदवारी परेसँगै रास्वपा सभापतिमा लामिछाने सर्वसम्मत
-
रास्वपा केन्द्रीय सदस्यमा सन्तोष पन्तको उम्मेदवारी दर्ता
-
रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण