सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

ट्राफिक प्रहरीको लापसे चेकिङ : दुई जना चालक नियन्त्रणमा

शुक्रबार, २२ भदौ २०८०, १९ : ३१
शुक्रबार, २२ भदौ २०८०

भक्तपुर । भक्तपुरको जगातीमा शुक्रबार गरिएको चेकिङका क्रममा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका  २ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । 

नियन्त्रणमा आउनेमा बागमती प्रदेश ०३-००१ ज ३८६ नम्बरको इलेक्ट्रिक माइक्रो चालक सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ५ चौतारा घर भई हाल काठमाडौँको नारायणटार बस्ने २३ वर्षीय रिजन श्रेष्ठ र ना१ज ५४६५ नम्बरको टाटासुमो चालक महोत्तरीको बर्दिबास नगरपालिका ३ घर भई हाल काठमाडौँको कोटेश्‍वर बस्ने ३७ वर्षीय सुन बहादुर पुर्वछाने रहेका छन् । 

नियन्त्रणमा लिएका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त जगातीमा पठाइएको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी वृत्त जगातीको  संयुक्त टोलिले आज‍ १९ ओटा सवारी साधनका चालकलाई चेक गर्दा २ जना भने लागूपदार्थ सेवन गरी  सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका थिए । 

यात्रु बोक्ने जस्तो संवेदनशील सवारी साधन चलाउने चालकलेनै लागूपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैमा निन्दनीय कार्य भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए । 

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप