नवाजुद्दीनकी श्रीमती आलियालाई घर खाली गर्न सूचना, भाडा नतिरे कारबाही हुन सक्ने
मुम्बई । नवाजुद्दीन सिद्दिकीकी पत्नी आलिया सिद्दिकी फेरि समस्यामा परेकी छन् । उनी आफ्ना सन्तानसँग दुबईमा बस्छिन् ।
अहिले दुबई प्रशासनका केही अधिकारी उनको घर पुगेका छन् र उनलाई घर खाली गर्न भनिरहेका छन् । वास्तवमा आलिया आफ्ना छोराछोरीको पढाइका लागि नवाजुद्दीन सिद्दिकीको दुबईस्थित घरमा बस्छिन् ।
समयमै घर भाडा नतिरेपछि उनलाई अहिले नोटिस दिइएको हो । आलिया र उनका सन्तानको जिम्मेवारी नवाजुद्दीन सिद्दिकीको काँधमा छ । अदालतले उनलाई मासिक भत्ता तिर्न निर्देशन दिएको छ ।
भाडा नतिरेमा कानुनी कारबाही हुन सक्ने
सेप्टेम्बर ७ मा दुबईका केही अधिकारीहरू घर खाली गर्न सूचना लिएर आएका थिए। आलिया र नवाजुद्दीनले २७ हजार १८३ दिरहाम बराबरको भाडा तिरेका छैनन् ।
टाइम्स अफ इन्डियाको रिपोर्टका अनुसार आलियाले भाडा तिर्न नसकेमा उनीविरुद्ध कानुनी कारबाही गर्न सकिनेछ । यसबाट दुखी आलियाले दुबईस्थित भारतीय दूतावासमा सहयोगको लागि पुगेकी छिन् । बम्बे हाईकोर्टको आदेश अनुसार नवाजुद्दीन सिद्दिकीले यो पैसा तिर्नुपर्ने थियो, तर उनले पैसा तिरेका छैनन् ।
आलिया घरको सम्झौता नवाजको नाममा होस् भन्ने चाहन्थिन्
आलिया सिद्दीकी दुबई घरको सम्झौता नवाजुद्दीन सिद्दिकीको नाममा होस् भन्ने चाहन्थिन् । उनले मे २०२३ मा टाइम्स अफ इन्डियालाई भनेकी थिइन्, यदि केहि गलत भयो भने, यसको जिम्मेवारी उनको हुनुहुँदैन।
नवाजको नाममा सम्झौता भएमा सुरक्षाको दृष्टिकोणले पनि राम्रो हुने आलियाले बताएकी थिइन् । त्यसबेला आलियाले नवाजले घरको भाडा नियमित रुपमा तिर्दै आएको खुलासा गरेकी थिइन् । त्यसपछि अदालतले नवाजलाई आलिया र बच्चाहरूलाई भत्ता दिन निर्देशन दिएको थियो।
नवाजुद्दीन सिद्दीकी र आलियाबीच लामो समयदेखि विवाद रहँदै आएको छ । गत सुनुवाईमा बम्बे हाईकोर्टले आलियालाई केही दिनका लागि बच्चाहरूको जिम्मेवारी दिएको थियो। बच्चाहरूको भविष्यमाथि प्रश्न उठेको हुनाले अदालतले नवाजुद्दिनलाई नियमित रूपमा उनीहरूलाई भत्ता दिन निर्देशन पनि दिएको थियो।
आलियाले नवाजकी आमामाथि आक्रमणको आरोप लगाएपछि नवाजुद्दीन सिद्दिकी र आलियाको झगडा सुरु भएको थियो । आलियाले नवाजको परिवारका सदस्यहरूले उनको शोषण गरिरहेको र उनीहरूलाई सम्पत्तिबाट हटालेको बताएकी थिइन्।
नवाजले उनलाई कहिल्यै सम्मान नगरेको उनको आरोप थियो । उता नवाजकी आमाले आलियालाई आरोप लगाउँदै दोस्रो सन्तान नवाजको नभएर अरु कसैको भएको बताएकी छन् । यसबाहेक आलियाले नवाजुद्दीन सिद्दिकीविरुद्ध बलात्कारको मुद्दा पनि दायर गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण