बजार
सातामा प्रतितोला २०० ले घट्यो सुनको मूल्य
शनिबार, २३ भदौ २०८०, १२ : ३४
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यो साता सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको जनाएको छ । महासंघले गत साताको शुक्रबारको तुलनामा यो साता २०० रुपैयाँले सुनको मूल्य घटेको जनाएको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ थियो । यस्तै, उक्त मितीमा तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ थियो । जुन यो साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ छ ।
यस्तै, यो साता चाँदीको मूल्यमा समेत गिरावट आएको छ । गत शुक्रबारको तुलनामा चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले घटेको महासंघले जनाएको छ । यससँगै, यो साता चाँदीको मूल्य तोलामा १४ सय ५ रुपैयाँ कायम भएको छ । जुन, गत साताको शुक्रबार १४ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण