सरकारको विकल्प खोज्ने समय आएको छः नेता कोइराला
मकवानपुर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले वर्तमान सरकारको विकल्प खोज्ने समय आएको बताएका छन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–११ सरस्वतीमा बिपी वाटिकाको उद्घाटन पश्चात् पत्रकारहरूसँगको कुराकानीमा नेता कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जातीय र धार्मिक तथा सामाजिक सहिष्णुता भड्काउने प्रकारका अभिव्यक्ति व्यक्त गरेको बताए ।
सरकारको नेतृत्व गरिरहेका व्यक्तिले नै सामाजिक द्वन्द्व भड्काउने गरी सडक आन्दोलनमा युवाहरू उतार्ने लगायतका अभिव्यक्ति दिएको प्रति उनले आपत्ति प्रकट गरे । सो विषयमा कांग्रेसले सरकारलाई आफ्नो ट्र्याकमा ल्याउन पहल गर्ने उनले बताए । सरकार आफ्नो ट्र्याकबाट बाहिर गइरहे वा अहिले कै रवैया कायम राखेको खण्डमा काँग्रेसले सरकारको नेतृत्वको परिवर्तन बारे छलफल तथा पहल अघि बढाउने उनको भनाई छ ।
‘प्रधानमन्त्रीले नै नेपालमा जातीय राज्य कायम गर्ने, युवाहरूलाई सडकमा उतार्ने लगायतका अभिव्यक्ति दिँदै आएका छन् । यसले जातीय, धार्मिक तथा सामाजिक सहिष्णुता भड्काउन मद्दत गर्छ । सामाजिक द्वन्द्व भड्काउने प्रकृतिको अभिव्यक्ति दिन सरकारको नेतृत्व गरिरहेका व्यक्तिले दिन मिल्दैन,’ उनले भने, ‘प्रधानमन्त्रीले यस्ता समस्याहरू समाधान गर्नुपर्छ । हामी सरकारलाई सही बाटोमा हिँड्न सुझाउँछौ । अब सरकार सच्चिएर अघि बढ्दैन भने फरक ढङ्गबाट कांग्रेसले सोच्नुपर्छ । सरकारको नेतृत्वको विषयमा कांग्रेसले छलफल र पहल अघि बढाउँछ ।’
सरकार सञ्चालन भएको खण्डमा देश अप्ठ्यारो स्थितमा पुग्ने दाबी गरे । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाकै नेतृत्वमा सरकार गठन हुनुपर्ने उनले बताए । कांग्रेसको काधमा लोकतन्त्र र राष्ट्रियतालाई बचाउने जिम्मेवारी आएको उनले बताए । कांग्रेसको नेतृत्वमा देश समृद्ध बन्ने र लोकतन्त्र र राष्ट्रियता बलियो हुने उनको भनाइ छ ।
‘कांग्रेस देशको ठुलो दल हो । काँग्रेससँग ९० सिट छ । अहिलेको सरकार र राष्ट्रियता लोकतन्त्रलाई बचाउने विषयमा पार्टीमा छलफल गरेर अघि बढ्नुपर्ने अवस्था आएको छ । हाम्रो पार्टीमा संसदीय दलको नेता नै प्रधानमन्त्री हुने व्यवस्था रहेको छ,’ उनले भने ।
कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले संगठन भित्रका आन्तरिक समस्याहरूलाई सामान्य ढङ्गबाट बुझ्न नेता कोइरालाले आग्रह गरे । लोकतान्त्रिक पार्टी भित्रको अन्तर्द्वन्द्व सामान्य हुने उनले बताए ।
‘कांग्रेस लोकतान्त्रिक पार्टी हो । पार्टीभित्र असन्तुष्टि हुन्छ । हरेक पार्टीभित्र समस्या आउँछ । तर बोल्न चाहँदैनन् वा पाउँदैनन् । यसलाई समाधान गर्दै अघि बढ्नुपर्छ । कांग्रेसमा गुनासो र चित्त नबुझेको बोल्न पाइन्छ । जस्तो समस्या भए पनि कांग्रेस विभाजन हुँदैन,’ नेता कोइरालाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण