सरकार गठनसम्बन्धी उल्लेखित संविधानको व्यवस्थामै त्रुटि छ : उपेन्द्र यादव
विराटनगर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकार गठनसम्बन्धी संविधानमा उल्लेखित विषय नै त्रुटिपूर्ण रहेको कारण कोशी प्रदेशमा समस्या सिर्जना भएको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकार गठनसम्बन्धी ५ स्पेटसम्मको व्यवस्था राख्नु नै त्रुटि भएको दाबी गरेका हुन् ।
‘कोशी प्रदेशमा कुनै पनि दलले बहुमत नपाएको अवस्थामा हुने यसखालका घटना समान्य हुन् । संसदीय व्यवस्थामा दुईतिहाई नजिक भएका दलहरु पनि धरासायी भए । तर, हाम्रो सिस्टममै दोष छ । जुन खालको संसदीय व्यवस्थाको संरचनामा पुनःविचार गर्नुपर्छ,’ यादवले भने, ‘संसदीय प्रावधान भनेको बहुमत रहेसम्म सरकार बनाउने, बहुमत नरहँदा हट्ने गरी प्रावधान राख्नुपर्छ । संवैधानिक व्यवस्था नै त्रुटिपूर्ण भएको हो । मन्त्रीमण्डल बन्ने अवस्था ५ स्टेपसम्म राख्नुहुँदैन ।’
यादवले कांग्रेसको सल्लाह, सहमति र सहकार्यमै समाजवादी मोर्चा बनेको बताए । ‘मोर्चाले काँग्रेससँग सहकार्य गर्दै अगाडि बढ्छ । भ्रमबस कोही साथीहरु तर्सिनु भएको छ भने त्यहाँबाट मुक्त हुनुपर्छ । मोर्चा र काँग्रेस सहकार्यका साथ अगाडि बढ्छौं,’ यादवले भने । यादव समाजवादी मोर्चाले आज विराटनगरमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्न विराटनगर आएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण