तेजाब पीडितको गुनासो : कानुन बन्यो, कार्यान्वयन भएन
काठमाडौँ । तेजाब आक्रमणबाट पीडित भएकाहरुले सरकारले कानुन बनाएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको गुनासो गरेका छन् ।
सोमबार नेकपा एमाले कार्यालय च्यासलमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँगको साक्षात्कारमा बोल्दै पीडित प्रतिनिधि पात्रहरुले तेजाब आक्रमणविरुद्ध सरकारले कानुन बनाएपनि त्यसको कार्यान्वयन पक्षमा अझै कमजोर रहेको बताएका हुन् ।
‘तेजाब आक्रमणविरुद्ध सरकारले ल्याएको कानुन पर्याप्त छ तर त्यो कानुन कार्यान्वयनमा आएको छैन । म प्रतिनिधि सभा सदस्य समेत भएको नाताले त्यो कानुन कार्यान्वयन गर्न म आफ्नो व्यक्तिगत र आफू संलग्न पार्टी रास्वपाका तर्फबाट पनि पहल गर्छु’, प्रतिनिधि सभा सदस्य समेत रहेकी विन्दावासिनी कंशाकारले भनिन् ।
त्यस्तै अर्का पीडित मुस्कान खातुनले तेजाब आक्रमणविरुद्धको कानुन आएपनि त्यसविरुद्ध जनचेतनाको अझै कमी भएको बताइन् । ‘कानुन आएपछि तेजाब आक्रमणका घटना पनि कमै भएका छन् । तर अहिले पनि गाउँघरमा तेजाब भनेको के हो भन्ने थाहा रहेनछ’, उनले भनिन् ‘कानुन ल्याएजसरी जागरण पनि चलाउन जरुरी छ ।’ उनले पीडितहरुले अझैपनि औषधीका लागि अस्पताल जाँदा विभिन्न समस्या भोग्नु परेको बताइन् । ‘कानुन त आयो तर औषधी प्राप्त गर्न आधार कार्ड भए सहज हुन्थ्यो । अझैपनि हामी अस्पताल जाँदा विभिन्न किसिमका डकुमेन्ट खोजिन्छ । यसलाई अझ सहज बनाउन जरुरी छ’, खातुनको भनाइ छ ।
अर्का पीडित जेनी खड्काले देखिने पीडा मात्रै पीडा नहुने भन्दै जलन हुँदा शरिरमा लाग्ने दाग कहिल्यै नमेटिने बताइन् । ‘एसीडको मात्रै होइन पेट्रोलबाट जलेको पनि पीडा नै हुन्छ । यदि सहज गर्ने हो भने सवै जलनका सहज उपचार र अन्य व्यवस्था मिलाउनुपर्छ’, खड्काको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण