माल्टा भनेर इराक पुर्याइएका ४ महिला बन्धक
काठमाडौँ । इराकमा चार नेपाली महिलालाई बन्धक बनाएर राखिएको छ । माल्टा भनेर दुबईबाट इराक पुर्याइएका उनीहरूलाई बन्धक बनाएर राखिएको हो ।
उनीहरूले उद्धारका लागि गुहार मागेका छन् । सिन्धुली र काभ्रेबाट भिजिट भिसा मार्फत दुबई पुगेका थिए । दलालहरूले माल्टा पटाइदिने भन्दै उनीहरूलाई भिजिट भिसामा दुबई लगेका थिए । त्यहाँबाट माल्टा भन्दै इराक पुर्याइएको हो ।
इराक पुर्याइएका उनीहरूको उद्धारका लागि प्रति व्यक्ति ८ हजार अमेरिकन डलर पैसा माग गरिएको छ । इराकमा रहेको कम्पनीले प्रति व्यक्ति ८ हजार डलरमा किनेको भन्दै उक्त पैसा तिरेमा उनीहरू नेपाल फर्किन पाउने बताएको हो ।
बन्धक बनाइएकाहरूका आफन्तले उद्धार गरिदिन विभिन्न निकायमा गुहार माग्दै आएका छन् ।
‘युवतीहरूलाई थुनेर राखेको छ । बोलेको सुन्यो भने फोन खोसेर राख्छ । तिम्रो मान्छे लैजाने भए ८ हजार डलर तिरेर लैजाऊ भनिरहेको छ । हामीले २ वर्षका लागि ८ हजार डलरमा किनेको हो भनिरहेको छ । पैसा तिरेको खण्डमा मात्र नेपाल पठाउने भनिरहेको छ,’ पीडितका एक आफन्तले भने ।
उनीहरूलाई नेपालबाट केही दिन अगाडि मात्रै भिजिट भिसामा दुबई लगिएको थियो । त्यहीबाट माल्टा पठाउने भनेर इराक पुर्याइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तान विस्फोट : चिनियाँ राष्ट्रपति स्तब्ध
-
झापामा लागु औषधसहित २ युवायुवती पक्राउ
-
प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँच
-
खोलाले बगाएको जीप भेटियो, एक मृत फेला, दुई अझै बेपत्ता
-
गोरखा अस्पतालको स्तरोन्नति प्रदेश सरकारको प्राथामिकता : मुख्यमन्त्री पाण्डे
-
पचास लाख बराबरको बेवारिसे कपडा राजस्वको नियन्त्रणमा