माल्टा भनेर इराक पुर्याइएका ४ महिला बन्धक
काठमाडौँ । इराकमा चार नेपाली महिलालाई बन्धक बनाएर राखिएको छ । माल्टा भनेर दुबईबाट इराक पुर्याइएका उनीहरूलाई बन्धक बनाएर राखिएको हो ।
उनीहरूले उद्धारका लागि गुहार मागेका छन् । सिन्धुली र काभ्रेबाट भिजिट भिसा मार्फत दुबई पुगेका थिए । दलालहरूले माल्टा पटाइदिने भन्दै उनीहरूलाई भिजिट भिसामा दुबई लगेका थिए । त्यहाँबाट माल्टा भन्दै इराक पुर्याइएको हो ।
इराक पुर्याइएका उनीहरूको उद्धारका लागि प्रति व्यक्ति ८ हजार अमेरिकन डलर पैसा माग गरिएको छ । इराकमा रहेको कम्पनीले प्रति व्यक्ति ८ हजार डलरमा किनेको भन्दै उक्त पैसा तिरेमा उनीहरू नेपाल फर्किन पाउने बताएको हो ।
बन्धक बनाइएकाहरूका आफन्तले उद्धार गरिदिन विभिन्न निकायमा गुहार माग्दै आएका छन् ।
‘युवतीहरूलाई थुनेर राखेको छ । बोलेको सुन्यो भने फोन खोसेर राख्छ । तिम्रो मान्छे लैजाने भए ८ हजार डलर तिरेर लैजाऊ भनिरहेको छ । हामीले २ वर्षका लागि ८ हजार डलरमा किनेको हो भनिरहेको छ । पैसा तिरेको खण्डमा मात्र नेपाल पठाउने भनिरहेको छ,’ पीडितका एक आफन्तले भने ।
उनीहरूलाई नेपालबाट केही दिन अगाडि मात्रै भिजिट भिसामा दुबई लगिएको थियो । त्यहीबाट माल्टा पठाउने भनेर इराक पुर्याइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण