घडी र औँठीबाट पत्ता लाग्यो मेजर पण्डितको शव
सुर्खेत । बेपत्ता भएका डोल्पाको नन्द बक्स ब्यारेकका मेजर विमल पण्डितको शव फेला परेको छ । मंगलबार भेरी नदी अन्तर्गत त्रिपुरासुन्दरी नगरपालिका–५ खदांगको चिन्ढेबगरमा उनको शव फेला परेको हो ।
स्थानीयले मंगलबार बिहान नदी किनारमा शव फेला पारेका थिए । उनीहरुले खदांगस्थित प्रहरी चौकीमा खबर गरेका थिए ।
उक्त प्रहरी चौकीले जिल्ला प्रहरीमा खबर गरेपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीको कमाण्डमा टोली घटनास्थलमा गएको थियो । साथै सेनाको टोली पनि त्यहाँ पुगेको छ ।
ढुंगाको खोचमा रहेको शव निकालेर हेर्दा मुखबाट पहिचान गर्न सकिने अवस्था नरहेको घटना स्थलमा रहेका प्रहरी नायव उपरीक्षक बुढाथोकीले रातोपाटीलाई बताए । यद्यपि घटनास्थलमा पुगेका सेनाका दुई जना मेजरले घडी र औँठीका आधारमा शव पण्डितकै रहेको बताएको उनले बताए ।
‘हामीसँग नेपाली सेनाको दुईवटा मेजरसावहरुको टोली आउनुभएको थियो, औँठी र घडीको आधारमा शव मेजर पण्डितकै रहेको यकिन गर्नुभयो,’ उनले भने,‘ पण्डितको अंकलका छोरा पनि घटनास्थलमा पुगेका थिए ।
मेजर पण्डिका बुबा पनि डोल्पा पुगेका छन् ।
शवलाई जिल्ला अस्पतला ल्याउने तयारी भइरहेको उनले बताए । काठमाडौँको कागेश्वरी डाँछीका ३८ वर्षीय पण्डित १० भदौ अपराह्न ४ बजे त्रिपुराकोटबाट बेपत्ता भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी सहिद स्मारकको काम अलपत्र
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण