आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

ओलीले भेट्न पाएनन् नेम्वाङलाई, भने–भेट्ने कुरा थियो, पार्थिव शरीर हेरेर बिदाइ गर्न विवश भएँ

मङ्गलबार, २६ भदौ २०८०, १९ : १३
मङ्गलबार, २६ भदौ २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै स्व सुवास नेम्वाङलाई भेट्न पाएनन् । आज (मंगलबार) बिहान दुई नेताबीच भेट्ने कुरा भएपनि त्यसअघि नै नेम्वाङको निधन भएको हो । 

संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य नेम्वाङको ७१ वर्षको उमेरमा मंगलबार बिहान असामयिक निधन भएको थियो ।

आलीले सामाजिक सञ्जालमा लेखेका छन्,'अस्तिको दिन सुवासजी धरानको कार्यक्रमबाट फर्केपछि फोनमा कुरा भएको थियो । उहाँको बोली सधैँ झैँ सहज थियो । मंगलबार बिहान भेट्ने कुरा भएको थियो । तर आज मंगलबार नै उहाँको पार्थिव शरीर हेरेर बिदाइ गर्न विवश भएँ । भावपूर्ण श्रद्धासुमन !'

नेम्वाङको अन्तिम संस्कार भदौ २८ गते बिहीबार हुने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप