‘दिल चाहता है’ का अभिनेता रियो कपाडियाको निधन

फिल्म ‘दिल चाहता है’ का अभिनेता रियो कपाडियाको निधन भएको छ । उनी ६६ वर्षका थिए । उनको अन्तिम संस्कार १५ सेप्टेम्बर मुम्बईमा हुनेछ । यद्यपि, उनको कुन कारणले निधन भएको हो भन्ने कुनै जानकारी छैन ।
भारतीय सञ्चारमा प्रकाशित समाचार अनुसार अघिल्लो वर्ष उनलाई क्यान्सर देखिएको थियो । रियालाई थुप्रै टिभी सिरियल र ठुला फिल्ममा देखिएको थियो । अभिनेताले आमिर खान, शाहरुख खान र रानी मुखर्जीजस्ता कलाकारसँग काम गरेका छन् ।
रियोका नजिकका साथी फैजल मलिकले उनको निधनको पुष्टि गरेका छन् । उनले भनेका छन्, ‘अत्यन्तै दुःखका साथ भनिरहेको छु कि हामीबीच रियो कपाडिया रहेनन् । उनले १४ सेप्टेम्बर (बिहीबार) साढे १२ बजे अन्तिम सास फेरे । ’
उनको शुक्रवार अन्तिम संस्कार गरिन्छ । उनको मृत्युलाई परिवारका सदस्यले पनि पुष्टि गरेका छन् ।
रियोको अन्तिम पोस्ट
रियोले इन्स्टाग्राममा आफ्नो अन्तिम पोस्ट ५ जूनमा गरेका थिए । यसमा उनले आफ्नो बिदा मनाएको तस्बिर पोस्ट गरेका थिए । उनी परिवारसँग युरोप भ्रमणमा गएका थिए । फोटो र भिडियो सेयर गर्दै रियोले क्याप्सनमा लेखेका थिए – युरोपियन भ्रमणको अन्तिम यात्रामा हामी पेरिस पुगेका छन् । आइफल टावरबाट पेरिस हेर्ने आफ्नै छुट्टै मजा छ । यो सुन्दर सहरमा हामीले आफ्नो अन्तिम डिनर गर्यौँ त्यो पनि पेरिसको उत्कृष्ट रेस्टुरेन्टमा ।’
कस्तो रह्यो करियर
रियो फिटनेस फ्रिक थिए । उनी आफ्नो खानाका साथै शरीरमा पनि असाध्यै ध्यान दिन्थे । अभिनेतालाई घुम्ने पनि शौक थियो । धेरैजसो परिवारसँग घुम्न जान्थे । इन्स्टाग्राममा रियो खासै सक्रिय थिएनन् । रियो खेलकुदमा पनि सक्रिय थिए । स्केचिङको शौक पनि थियो ।
रियोलाई अन्तिम पटक ओटीटी प्लेटफर्ममा रिलिज भएको वेब सिरिज ‘मेड इन हेभन २’ मा देखिएको थियो । यसअघि सन् २०२१ मा रियोले अभिषेक बच्चनसँग ‘द बिग बुल’ मा काम गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मृत पशुपन्क्षीलाई श्रद्धाञ्जली दिएर मनाइयो नार्ड
-
लयमा फर्किए मेस्सी र स्वारेज, कोलम्बसलाई हराउँदै तेस्रो स्थानमा उक्लियो इन्टर मियामी
-
‘नेक ब्लास्ट’ रोगले बोटमै सुक्यो धान
-
स्वास्थ्यमा गण्डकीको फड्को : १३ अस्पतालको स्तरोन्नति
-
मधेसमा बालविवाहको अन्त्यका लागि कानुन मात्रै पर्याप्त हुँदैन : मन्त्री सुडी
-
प्रदेश अस्पताल ५० शय्यामा स्तरोन्नति गरिँदै