म्यानमारले चीन र भारतका पर्यटकका लागि गर्यो यस्तो निर्णय
चीन र भारतका पर्यटकलाई आकर्षित गर्न सैन्य सरकारले ‘भिसा अन अराइभल’ दिने निर्णय गरेको छ । म्यानमारको सरकारी सञ्चारमाध्यमले एक रिपोर्टमा यस्तो जनाएको हो ।
समाचार एजेन्सी एएफपीको रिपोर्ट अनुसार सैनिक सरकारले विदेशी पर्यटकको आगमन र उनीहरूको विदेशी मुद्रालाई ध्यानमा राखेर यस्तो निर्णय गरेको हो ।
‘ग्लोबल न्यु लाइट अफ म्यानमार’ ले सैन्य शासनको अध्यागमन विभागलाई उद्धृत गर्दै यो नयाँ योजना छिट्टै घोषणा गरिने र प्रारम्भमा यसलाई एक वर्षको परीक्षणका रूपमा सञ्चालन गरिने जनाएको छ ।
‘भिसा अन अराइभल’ पाउने पर्यटकलाई प्रतिबन्धित क्षेत्रबाहेक सबै ठाउँमा जान अनुमति दिइने पत्रिकाले बिहीबारको आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।
हालको प्रणालीमा दुवै देशका नागरिकले पर्यटक भिसाका लागि अनलाइन वा म्यानमारको दूतावासमा आवेदन दिनुपर्ने हुन्छ ।
म्यानमारमा सन् २०२१ को ‘कु’को विरोध अझै छ र सैन्य सरकार यसलाई दबाउन सङ्घर्ष गरिरहेको छ ।
सैनिक सरकारले देशमा आफ्नो पूर्ण नियन्त्रण नभएका क्षेत्रहरू रहेको स्वीकार गरेको छ । अमेरिका र अस्ट्रेलिया जस्ता देशले आफ्ना नागरिकलाई म्यानमार नजान सल्लाह दिएका छन् ।
तर म्यानमारसँग चीन र भारतको लामो सीमा छ र दुवै देशले त्यहाँको सैनिक सरकारसँग कूटनीतिक सम्बन्ध कायम राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण