‘नाङ्गो गाउँ’को सुखद सुरुवात
काठमाडौँ । आज शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनमा आएको फिल्म ‘नाङ्गो गाउँ’ले सुरुवाती व्यवसाय राम्रो गरेको छ । आज बिहानैदेखि फिल्ममा दर्शकको चाप राम्रो रहेको छ । मल्टिप्लेक्सहरुमा समेत आज फिल्मले राम्रो व्यवसाय गरेको छ ।
दर्शकको चाप सुखद देखेपछि यसको निर्माणपक्ष उत्साहित देखिएको छ । फिल्मले आज पहिलो दिन ओपनिङ व्यवसाय राम्रो गरेको निर्माता हिमाल शर्माले बताए । ‘फिल्मलाई दर्शकले पनि राम्रो भनेका छन् । फिल्मको व्यवसाय र दर्शक प्रतिक्रियाबाट म उत्साहित छु’, शर्माले दंग हुँदै भने, ‘आजको व्यवसायले भोलि सार्वजनिक बिदामा झन् राम्रो हुने अनुमान गर्न सकिन्छ ।’ गर्ने संकेत दिएको छ ।
दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, साम्राज्ञी राज्यलक्ष्मी शाह, कर्मा, विशाल पहारी, बुद्धि तामाङ, रविन्द्र झा लगायतका कलाकारको अभिनय छ ।
फिल्म हेरेर फर्किएका दर्शकले गज्जब भनेपछि यसका निर्देशक दीपेन्द्र लामाले खुसी व्यक्त गरे । उनले फिल्मले जनतालाई मतदानको विषयमा सचेत गराएको र त्यो सबैले बुझे आफ्नो प्रयास सफल हुने सुनाए ।
हिमाल कडरियाको प्रस्तुतिमा तयार भएको यो फिल्ममा जय श्रेष्ठको लगानी छ । फिल्मका कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण