मार्जिङ ट्रेडिङसम्बन्धी नीति ल्याउने तयारीमा धितोपत्र बोर्ड

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मार्जिङ ट्रेडिङ सम्बन्धी नीति ल्याउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘आर्थिक मन्दिमा पुँजी बजारः सम्भावना र चुनौती’ अन्तरक्रियामार्फत केही सातामै उक्त नीति ल्याउने तयारीमा रहेको जनाइएको हो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै बोर्डका अध्यक्ष रमेशकुमार हमालले केही सातामै मार्जिन ट्रेडिङ सम्बन्धी नीति आउने बताए । ‘केही दिनमा मै ब्रोकर मार्फत प्रवाह हुने मार्जिन ट्रेडिङ सम्बन्धी नीति कार्यान्वयनमा आउँछ,’ अध्यक्ष हमालले भने, ‘हामीले क्यालेनडर नै बनाएर काम गरिरहेका छौं ।’ बोर्डले हाइड्रोपावर तथा वास्तविक क्षेत्रका कम्पनीमा स्वतन्त्र सञ्चालकहरुको छुट्टै योग्यता तोक्ने पनि उनको भनाई छ । अध्यक्ष हमालले स्वतन्त्र सञ्चालकहरुको रोष्टर पनि धितोपत्र बोर्डले नै बनाउने पनि बताए ।
‘हाइड्रोपावर तथा वास्तविक क्षेत्रका कम्पनीमा स्वतन्त्र सञ्चालकको योग्यता तोक्दै छौं, रोष्टर नै बनाउँदै छौं । स्वतन्त्र सचालकले स्वतन्त्र लेखा परिक्षकलाई नै रिपोर्ट बुझाउने ब्यवस्था गर्दैछौं,’ अध्यक्ष हमालले भने । यसका लागि स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) सँग उक्त विषयमा छलफल समेत भइसकेको पनि अध्यक्ष हमालले बताए । उनले ‘इन्ट्रा डे ट्रेडिङ’ पनि सञ्चालन हुने जानकारी दिए ।
‘धितोपत्र बजारको रिर्फम गर्ने आँट र विज्ञता मेरो नेतृत्वको सेबोन टीमसँग छ,’ उनले भने, ‘समग्र अर्थतन्त्रमा देखिएको निराशाले सेयर बजारमा पनि कही कन्फिडेन्टमा कमी देखिएको छ । तर, अर्थतन्त्रका सुचक खराब अवस्थामा नभएको र अझै सुधारउन्मुख भएको छ । सबै सकारात्मक हुनुपर्छ । कन्फीडेन्टको कमी छ, त्यसलाई बढाउनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि क्षेत्रमा दिइने अनुदानको लाभ वास्तविक किसानले मात्रै पाउने
-
नीति तथा कार्यक्रममाथि बाबुरामको टिप्पणी–पास भयो, फस्ट डिभिजन आएन
-
नीति तथा कार्यक्रममा शिक्षा : यसै अधिवेशनबाट शिक्षा ऐन जारी गर्नेदेखि शिक्षक बैंकको स्थापनासम्म
-
सरकारको नीति तथा कार्यक्रमले देशलाई निकास दिन सक्दैन: साह
-
निरोगी नेपाल अभियान : स्वास्थ्य प्रणालीको विकास जनसंख्या भूगोल र रोगको आधारमा गरिने
-
ऊर्जा विकास मार्गचित्र कार्यान्वयन, ह्विलिङ चार्ज निर्धारण गर्ने घोषणा