हराउँदै पाल्पाली करुवा
मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी
पाल्पा । ‘करुवा’ भन्ने बित्तिकै सम्झिने जिल्लाको नाम हो, पाल्पा । पाल्पाको पहिचान बनेको हातैले बनाएका ‘करुवा’ पछिल्ला दिनमा भने बन्नै छाडेको छ । पाल्पा पुग्ने जो कोही हातले बनाएका पाल्पाली ‘करुवा’ भनेपछि चिनो लैजाने योजना बनाउँथे । तर बजारमा अहिले मेशिनले बनेका बाहिर जिल्लाबाट आयातित ‘करुवा’ मात्र देखिन्छ ।
_JTooFS9kI9.jpg)
कारण हो, नयाँ प्रविधि, नयाँ मेशिनले करुवा अन्यत्र बन्न थाले । हातले बनाएको पाल्पाली करुवा झन्डै लोप हुने अवस्थामा छ । काँस, राङ र तामाको प्रयोग गरेर पगाली विभिन्न ढाँचाहरूमा राखेर तयार गर्ने पाल्पाली करुवा अहिले बिरलै देख्न पाइन्छ । काँस, तामाबाट निर्मित पाल्पाली करुवाबाट पानी पिउँदा शरीरलाई फाइदा हुन्छ भन्ने जनविश्वाससमेत छ । तर पछिल्ला दिनमा भने सस्तो मूल्यका करुवा बजारमा देखिन्छ ।
_BOQpW6TQKI.jpg)
पहिले हरेक घर तथा होटलमा सजाएर राख्ने चलन थियो । करुवा घरमा राख्दा आकर्षित देखिन्छ । हातले बनाएको पाल्पाली करुवा तयार गर्न समय लाग्छ, मिहिनेत पनि उत्तिकै पर्छ । करुवाको चक्र पूरा गर्न २५ देखि ३० दिन लाग्ने गर्छ । गाउँ घर तिरबाट फालिएका, नचाहिने काँसका भाडा, तामाका भाडा ल्याएर, पगाली विभिन्न ढाँचाहरूमा तयार गरिन्छ । साँचो माटोबाट बनाइन्छ । त्यसैमा राखेर विभिन्न ढाँचाका करुवा तयार हुने करुवा उद्यमी प्रदीप बज्राचार्यले बताए ।
२०४० सा तिर पाल्पामा करिब ३० वटा जति करुवा उद्योगहरू थिए । अहिलेसम्म आइपुग्दा त्यो सङ्ख्या घटेर तीन वटामा सीमित छ । नियमित चालु अवस्थामा कुनै पनि छैनन् । पाल्पा जिल्लाको सदरमुकाम तानसेनको टकसारमा पाल्पाली करुवाको सुरुवात भएको दाबी छ ।
_WkC9nzHZk6.jpg)
तानसेन टकसारमा करुवा उद्योगसँगसँगै विभिन्न भाडा उद्योगहरू पनि थिए । अहिले ती पनि देख्नै छाडे । पहिल्यैदेखि भाडा र करुवा किन्न आउनेहरूको भीड हुन्थ्यो । त्यो अहिले न्यून मात्र होइन देख्नै मुस्किल परेको छ । टकसारमै करुवा बनाएर सुरुवात गर्नु भएका स्व.सूर्य मान बज्राचार्यको उद्योग एक पुस्ताबाट अर्को पुस्ता गर्दै अहिले दुई नातिहरूमा हस्तान्तरण भएको छ । तर उद्योग सुचारु अवस्थामा छैनन् ।
_06H2DSAJHM.jpg)
विगत ४० वर्षदेखि निरन्तर करुवा बनाउँदै आएका कान्छा नाति तानसेन टकसारका प्रदीप बज्राचार्य भन्छन्,‘पहिले २०० देखि ३०० करुवा बनाउन भ्याई नभ्याई हुन्थ्यो, अहिले कालिगड पनि छैनन् गराउने र कच्चा मालको महँगीले अर्डर अनुसार मात्र गराइन्छ ।’ उनका अनुसार हातले बनाइने सबैभन्दा सानो करुवा १ हजार ५ सयदेखि २ हजार खर्च लाग्छ । त्यही करुवा आधुनिक मेशिनले बनाएका १ हजारसम्म पाइने भएकाले पनि हातले बनाएको करुवा अहिले बिस्तारै लोप हुँदै गएको उनको गुनासो छ ।
_7rjOGhSys1.jpg)
प्रदीपको दाजुभाइमा अहिले प्रदीपले मात्र करुवा बनाउँदै आएका छन् । उनीसँग पनि पहिला ४ देखि ५ जना कालिगडहरू हुने गर्दथे । तर अहिले प्रदीप एक्लै करुवा बनाउने काम गर्छन् । पाल्पाली करुवा उद्योग सुरुवाती कालदेखि बज्राचार्य परिवारले अब बिस्तारै उद्योग बन्द गर्ने तर्फ लागेका छन् । हातले बनाउने करुवा बनाउन सजिलो नभएकै कारणले अहिले युवा पुस्तामा हस्तान्तरण हुन नसकेको हो ।
_NKji5Bjs8L.jpg)
प्रदीपका अनुसार करुवा बनाउन बल प्रयोग गर्नुपर्ने हुन्छ । तातो रापमा पगाल्नु पर्ने भएकाले काममा त्यति रुचि दिएको नदेखिने उनले बताए । पाल्पाकै ब्रान्डको रूपमा चिनिने करुवालाई स्थानीय सरकारले खासै चासो नदिएको उनको गुनासो छ । सहयोग पनि नभएकाले यो हराउने अवस्थामा आएको हो । ‘हामीलाई करुवा उद्योग बन्द भएकामा निकै दुःख लागेको छ,’ उनले भने, ‘स्थानीय सरकारलाई आफ्नै उत्पादन छ भनेर सम्झाउन पर्ने हुँदा निकै दुख लाग्छ ।’
_HXYgNs7vc9.jpg)
बज्राचार्य जस्तै बाँकी रहेका २ वटा करुवा उद्योगको पनि अवस्था उस्तै छ । पाल्पाली करुवाको पौरखीहरू अझै पनि टकसार उद्योगहरूमा करुवा किन्न आउने बताउँछन् । जनशक्ति कम र बढ्दो महँगीले माग अनुसारको काम गर्न नसकेकोमा उद्योगीहरू चिन्तित छन् । पाल्पाली करुवाबाट पानी पिउँदा घाँटीको समस्या सन्चो हुने भन्ने जनविश्वास छ । पहिले ढक्कन बिनाको बन्ने करुवा अहिले बुट्टा सहितको चराको आकारमा ढक्कन गराइन्छ । पाल्पाली करुवाको आकार सिको गरेर अरू ठाउँहरूमा करुवा बनाइने गरिन्छ । तर पाल्पाली करुवा बनाउन प्रयोग हुने सामाग्री र डिजाइन अरू ठाउँ मा नपाइने उद्योगीहरूको दाबी छ । तानसेन करुवा उद्योग, पाल्पाली करुवा उद्योगले मात्र कहिलेकाहीँ उत्पादन गर्दै आएका छन् ।
_dcpysXXTHr.jpg)
तानसेनमा मेसिनद्वारा उत्पादित नेपालगन्ज, भोजपुर र पोखरेली करुवा भेटिन्छ । यी करुवालाई पनि पाल्पाली नै भनेर व्यापारीले बिक्री गर्ने गरेको गुनासो ग्राहकको छ । जसले गर्दा पाल्पाली करुवा कस्तो हो भनेर चिन्नसमेत मुस्किल पर्ने अवस्था आएको छ ।
_qBUczkjAsT.jpg)
पाल्पाली करुवा विगतमा जापान, बेलायत, अमेरिका र थाइल्यान्डसम्म निर्यात हुने गरेको थियो । तर पनि माग अनुसार उत्पादन हुन नसक्दा अहिले निर्यात हुन सकेको छैन । ‘बाहिरबाट धेरै माग आउँछ तर के गर्नु पुर्याउन सकिएको छैन,’ उद्योगी बज्राचार्यले भने, ‘सबै क्षेत्रबाट सहयोग हुने हो भने करुवा उत्पादन गर्न समस्या होइन ।’ पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले पाल्पाली करुवालाई संरक्षणका लागि नयाँ प्रविधि ल्याउने र उत्पादन बढाउन अध्ययन भइरहेको बताए । तानसेन नगरपालिकाले पनि उद्योगी, प्रदेश सर कारसँग मिलेर संरक्षणको कार्यक्रम ल्याउन लागेको नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताए ।
_CxjaB7q7uk.jpg)
_29AqrHXtJY.jpg)
_9uSsXTAwSE.jpg)
_4dz0YDyMYc.jpg)
_kz9vvDftdH.jpg)
_PodJKP7ovk.jpg)
_HCoVRmSq7f.jpg)
_rQHMwOub54.jpg)
_AFf3tmvGju.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी सेनाद्वारा लुहान्स्कको ‘पूर्ण स्वतन्त्रता’ को अभियान पूरा भएको पुटिनको घोषणा
-
विद्युतीय रिक्सा दुर्घटनामा महिलाको मृत्यु
-
१० बजे १० समाचार : बालेन सरकारको सय दिनदेखि उपसचिव र डीएसपीको सरुवासम्म
-
बजेट अभाव हुन दिँदैनौँ, काम नगर्ने ठेकेदारको सम्झौता रद्द गर्नुस् : मन्त्री लम्साल
-
महानगर अनुसन्धान शोधवृत्तिका लागि उम्मेदवार छनोट गर्दै काठमाडौँ महानगरपालिका
-
चट्याङ लागेर एकको मृत्यु, दुई जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण