शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

१३ वर्षीया बालिकामाथि जबर्जस्तीकरणी गरेको आरोपमा पक्राउ

शनिबार, २० असार २०८३, १८ : ३६
शनिबार, २० असार २०८३

म्याग्दी । म्याग्दीमा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा ६८ वर्षीय वृद्धलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

जिल्लाको धौलागिरी गाउँपालिका वडा नम्बर ७, धारापानी बस्ने ६८ वर्षीय ईन्द्रबहादुर परियारलाई सोही स्थानकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 

प्रहरीका अनुसार आरोपित परियारले ती बालिकालाई मोबाइल दिने बहानामा ललाई फकाई आफ्नै घरको कोठामा लगी जबरजस्ती करणी गरेको भन्दै पीडित पक्षले प्रहरीमा जाहेरी दर्ता गराएका थिए । पीडित परिवारको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आरोपितलाई नियन्त्रणमा लिएको हो । 

पक्राउ परेका परियारमाथि जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप