अन्तिम १६ को समीकरण तयार : कसको भिडन्त कोसँग ?
सारांश
- विश्वकप फुटबलको राउन्ड अफ ३२ का खेलहरू सकिएसँगै अन्तिम १६ मा पुग्ने सबै टोलीको टुङ्गो लागेको छ।
- यसपटक दक्षिण अफ्रिकालाई पराजित गर्दै क्यानडा अन्तिम १६ मा पुग्ने पहिलो टोली बन्यो।
- क्यानडा, ब्राजिल, पराग्वे, मोरक्को, नर्वे, फ्रान्स, मेक्सिको, इंग्ल्याण्ड, बेल्जियम, अमेरिका, स्पेन, पोर्चुगल, स्विट्जरल्याण्ड, इजिप्ट, अर्जेन्टिना र कोलम्बिया विश्वकपको राउन्ड अफ १६ मा प्रवेश गरेका छन्।
काठमाडौँ । विश्वकप फुटबलको राउन्ड अफ ३२ का खेलहरू सकिएसँगै अन्तिम १६ मा पुग्ने सबै टोलीको टुङ्गो लागेको छ। रोमाञ्चक र अप्रत्याशित नतिजाहरूका बिच विभिन्न देशले नकआउट चरणको यात्रा तय गरेका हुन्।
यसपटक दक्षिण अफ्रिकालाई पराजित गर्दै क्यानडा अन्तिम १६ मा पुग्ने पहिलो टोली बन्यो। खेलको दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै क्यानडाले अर्को चरणमा स्थान सुरक्षित गरेको हो।
अन्य खेलहरूमा पनि निकै रोमान्चक प्रतिस्पर्धा देखियो। ब्राजिलका लागि ग्याब्रिएल मार्टिनेलीले गोल गर्दै जापानविरुद्ध जित दिलाए भने पराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै प्रतियोगिताकै सबैभन्दा ठूलो उलटपुलट गरायो। शीर्ष १० भित्रका दुई टोलीबिचको भिडन्तमा मोरक्कोले नेदरल्याण्ड्सलाई पेनाल्टीमा हराउँदै अघि बढ्यो।
अर्को खेलमा नर्वेले खेलको अन्तिम मिनेटमा गोल गर्दै आइभोरी कोस्टलाई पाखा लगायो। फ्रान्सले स्विडेनमाथि ३-० को सहज जित निकाल्यो भने मेक्सिकोले इक्वेडरलाई २-० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनायो।
यस्तै, ह्यारी केनले खेलको अन्तिम मिनेटहरूमा दुई गोल गरेपछि इंग्ल्याण्डले प्रजातान्त्रिक गणतन्त्र कङ्गोलाई २-१ ले पराजित गर्यो। बेल्जियमले पनि उत्कृष्ट पुनरागमन गर्दै ८६ औँ मिनेटसम्म २-० ले पछि परेको स्थिति उल्टाएर सेनेगललाई थप गरिएको समयमा ३-२ ले स्तब्ध पार्यो। दोस्रो हाफमा १० खेलाडीमा सीमित भए पनि अमेरिकाले बोस्निया एण्ड हर्जगोभिनालाई २-० ले हराउन सफल भयो।
स्पेनले मिकेल ओयार्जाबलको दुई गोलको मद्दतमा अस्ट्रियालाई ३-० ले सहजै पराजित गर्यो। क्रिस्टियानो रोनाल्डोको गोलको मद्दतले पोर्चुगलले क्रोएसियाविरुद्ध २-१ को जित निकाल्दै अघिल्लो यात्रा तय गर्दा स्विट्जरल्याण्डले अल्जेरियालाई २-० को क्लिन सिटसहित पाखा लगायो।
इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा पराजित गरेपछि अन्तिम दुई स्थानका लागि भएको खेलमा अर्जेन्टिनाले केप भर्डलाई र कोलम्बियाले घानालाई पराजित गर्दै अन्तिम १६ को समीकरण पूरा गरे।
यो जितसँगै क्यानडा, ब्राजिल, पराग्वे, मोरक्को, नर्वे, फ्रान्स, मेक्सिको, इंग्ल्याण्ड, बेल्जियम, अमेरिका, स्पेन, पोर्चुगल, स्विट्जरल्याण्ड, इजिप्ट, अर्जेन्टिना र कोलम्बिया विश्वकपको राउन्ड अफ १६ मा प्रवेश गरेका छन्।

- विश्वकप राउन्ड अफ १६ को खेल तालिका
टोलीहरू छनोट भएसँगै ध्यान दिनुपर्ने खेल तालिका यसप्रकार छ:
शनिबार, असार २०
२२:४५ बजे, क्यानडा विरुद्ध मोरक्को - ह्युस्टन स्टेडियम
आइतबार, असार २१
२:४५ बजे, पाराग्वे विरुद्ध फ्रान्स -- फिलाडेल्फिया स्टेडियम
सोमबार, असार २२
१:४५ बजे, ब्राजिल विरुद्ध नर्वे - न्युयोर्क न्युजर्सी स्टेडियम
५:४५ बजे, मेक्सिको विरुद्ध इङ्गल्यान्ड - मेक्सिको सिटी स्टेडियम
मंगलबार, असार २३
००:४५ बजे, स्पेन विरुद्ध पोर्चुगल - ड्यालस स्टेडियम
५:४५ बजे, अमेरिका विरुद्ध बेल्जियम - सिएटल स्टेडियम
२१:४५ बजे, इजिप्ट विरुद्ध अर्जेन्टिना - एट्लान्टा स्टेडियम
बुधबार, असार २४
०१:४५ बजे, स्विट्जरल्यान्ड विरुद्ध कोलम्बिया - बीसी प्लेस भ्यानकुभर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदीले बदलेको भारत
-
परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत
-
सिँचाइ अभाव हुँदा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ
-
इरानद्वारा खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु
-
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन चिनियाँ राजदूतका चार प्रस्ताव
-
‘विकासको अन्तिम मापन नागरिकको जीवनस्तरमा आउने सुधारले मात्र हुन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण