बजार
सातामा प्रतितोला ५०० रुपैयाँले घट्यो सुनको मूल्य
शनिबार, ३० भदौ २०८०, १२ : ३७
काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्ययवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा तोलामा ५०० रुपैयाँले सुनको मूल्य घटेको हो ।
महासंघका अनुसार गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ३०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्ममा ५०० रुपैयाँले घटेर १ लाख ११ हजार ८०० रुपैयाँमा आइपुगेको छ ।
यस्तै, गत साताको शुक्रबार तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ रहेको तेजाबी सुनको मूल्य यो साता १ लाख ११ हजार २५० रुपैयाँ छ ।
यसबाहेक, यो साता चाँदीको कारोबार मूल्य भने स्थिर कायम छ । गत साताको शुक्रबार तोलामा १३ सय ९५ रुपैयाँ रहेको चाँदी यो साताको शुक्रबार समेत सोही मूल्यमा कारोबार भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण