परिसंघको ‘मेक इन नेपाल–स्वदेशी’ अभियानमा १२७ उद्योग आवद्ध
काठमाडौँ । नेपाल उद्योग परिसंघले सञ्चालन गरेर ‘मेक इन नेपाल–स्वेदशी’ अभियानमा १२७ उद्योग आबद्ध भएका छन् । परिसंघका अध्यक्ष राजेश अग्रवालले अभियान सुरु भएको छोटो अवधिमै १२७ वटा उद्योग आबद्ध भएको जानकारी दिएका हुन् ।
शुक्रबार साँझ काठमाडौँमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै अग्रवालले यो अभियानमा आबद्ध सदस्यहरुको क्षमता विकास, मूल्य अभिवृद्धि लगायतमा परिसंघले ध्यान दिइरहेको बताए । यसबाहेक, उद्योगबाट उत्पादित वस्तुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउन समेत सहयोग गरिरहेको अग्रवालको भनाई छ ।
अभियानमा आबद्ध १२७ वटा उद्योगबाट २५ हजारभन्दा धेरैले रोजगारी पाएको बताइएको छ । यसबाहेक यी उद्योगले सरकारको राजश्व संकलन लक्ष्यमा समेत ठूलो योगदान गरिरहेको परिसंघले बताएको छ । यस्तै, परिसंघले ‘मेक इन नेपाल’ अभियानसँगै ‘स्किल नेपाल’ समेत सञ्चालन गर्दै आइरहेको छ ।
यो अभियान अन्तर्गत उद्योगमा कामदारहरुको सीप विकास, रोजगारी सुनिश्चितता, उद्योगको उत्पादन क्षमता अभिवृद्धि लगायतका काम गर्दै आइरहेको छ । यो अभियानमार्फत १ हजार भन्दा बढीले रोजगारी समेत पाएको परिसंघले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण