‘मायावी’ बाट अभिनयमा कमब्याक गर्दै करिश्मा
काठमाडौँ । अभिनेत्री करिश्मा श्रेष्ठ दिवाकर भट्टराईको निर्देशन रहने फिल्म ‘मायावी’ मा भित्रिएकी छन् । निर्माण युनिटले फिल्मको मुख्य भूमिकाको लागि उनलाई अनुबन्धित गरेको हो ।
फिल्मको कलाकारको रुपमा यस अगाडि निर्माण युनिटले दीपिका प्रसाई, पल साह, सुशील सिटौला र समीम खान अनुबन्धित भएका थिए । करिश्मा फिल्म ‘एउटा साथी’ बाट नेपाली रजतपटमा डेब्यू गरेकी हुन् । त्यसपछि ‘लभ सब’ र ‘बाबु कान्छा’ लगायत फिल्म अभिनय गरेकी उनी लामो समयपछि फिल्म अभिनयमा कमव्याक गर्न लागेकी हुन् ।
अभिनेता राज कटुवाल समेत निर्माता रहेको फिल्मको कथा निर्देशक भट्टराई स्वयंको हो । क्रिएटिभ सिने आर्टसको व्यानरमा निर्माण हुन लागेको फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ ।
फिल्म असोज २ गतेबाट फ्लोरमा जानेछ । फिल्मको छायांकन पोखराको रमणीय स्थलमा गरिने निर्देशक भट्टराईले जानकारी दिए । दिवाकरले फिल्म ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘ड्रिम्स’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ निर्देशन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
-
शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि दरखास्त आह्वान
-
कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा माथि
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
२१ खर्ब २४ अर्बको बजेट आजदेखि कार्यान्वयनमा, चालु खर्चमै झन्डै ६० प्रतिशत विनियोजन
-
जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण