बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल एसबिआई बैंक र ओम्नी मोटर्सबीच सम्झौता

आइतबार, ३१ भदौ २०८०, १३ : ३५
आइतबार, ३१ भदौ २०८०

काठमाडौँ । नेपाल एसबिआई बैंक र ओम्नी मोटर्सबीच सम्झौता भएको छ । उक्त सम्झौता बैंकका प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल र ओम्नी मोटर्सका तर्फबाट सह निर्देशकउदयन काब्राले हस्ताक्षर गरे । 

सो क्रममा बैंकका कर्पोरेट क्रेडिटका प्रमुख विनोद अधिकारी, रिटेल एण्ड एसएमई प्रमुख प्रविण भट्टराई, र कम्पनीका प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भएको हो । यस सम्झौताको उद्देश्य बैंकको हायर पर्चेज योजना अन्तर्गत सवारी साधनहरुको फाइनानसिङलाई सहज बनाउन रहेको बैंकले जनाएको छ । 
बैंकले ९४ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२२ एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप