बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

क–कसले जिते ‘दशौं छायाँछवि तीज म्युजिक अवार्ड २०८०’ ?

आइतबार, ३१ भदौ २०८०, १९ : ३२
आइतबार, ३१ भदौ २०८०

काठमाडौँ । तीज गीत तथा त्यसका स्रष्टालाई अवार्ड प्रदान गर्दै ‘दशौं छायाँवछवि तीज म्युजिक अवार्ड–२०८०’ सकिएको छ । शनिबार राष्ट्रिय नाचघर जमलमा आयोजित अवार्डमा थुप्रै गीतसंगीत र त्यसका श्रेष्ठले अवार्ड लिए ।

तारेकेश्वर नगरपालिकाका उपप्रमुख श्रृजना बुर्लाकोटी अर्यालको प्रमुख अतिथि रहेको कार्यक्रममा वरिष्ठ चलचित्र अभिनेत्री वसुन्धरा भुषाल, चैत्यदेवी सिंह, चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ, गीतकार भरत बम्जन, संगीतकार सन्तोष श्रेष्ठ, चलचित्र निर्माता तथा वितरक गोपालकाजी कायस्थ लगायतको सहभागतिा रहेको थियो ।

कार्यक्रममा विभिन्न क्षेत्रका ४ महिलालाई ‘छायाँछवी तीज नारी सम्मान २०८०’ प्रदान गरियो । सम्मानित हुनेमा अभिनेत्री रश्मी भट्ट, सञ्चारकर्मी कमला जोशी, गीतकार/संचारकर्मी कृष्णदेवी आचार्य ‘रोशनी’ र सञ्चारकर्मी सवी कार्की खड्का रहेका छन् ।

छायाँछवीका क्रियशनका अध्यक्ष शान्तिप्रियले नेपाली मौलिक परम्परा विशेषगरी नेपाली महिलाहरुको महानचाड तीजको अवसर पारेर आयोजना गरिँदै आएको छायाँछवी तीज म्युजिक अवार्डका माध्यमबाट कलाकारहरुलाई आफ्नो क्षेत्रमा क्रियाशील रहनको लागी थप प्रोत्साहन मिलोस र मौलिक परम्परा पनि जोखियोस् भनेर विगत दश वर्षदेखि नियमित अवार्डको आयोजना गर्दै आएको बताए । 

कार्यक्रममा प्रमुख अतिथि उपमेयर सृजना बुर्लाकोटी अर्यालले तारकेश्वर नगरपालिकाले पनि आगामी दिनहरुमा कलाकारहरुलाई प्रोत्साहन गर्नको लागी विभिन्न किसिमका कार्यक्रमहरु ल्याउने तयारी भइरहेको जानकारी दिइन् ।

कार्यक्रममा चलचित्र निर्देशक तथा तीज म्युजिक अवार्ड समारोहका निर्देशक माधव खरेलले दश वर्ष अगाडीदेखि आयोजना हुँदै आएको यस कार्यक्रमले मौलिक परम्परालाई जोगाउने मुलः उदेश्य लिएको र यस्ता किसिमका कार्यक्रमहरुलाई व्यवसायीकरण गर्नु भन्दा पनि हाम्रो आफ्नो कला संस्कृति जोगाउनतर्फ सबैले ध्यान दिन आग्रह गरेका थिए ।

संचारकर्मी दीपज्योती थापाले सञ्चालन गरेको अवार्डको सदस्यमा दिपक थापा, शोविता सुर्खेती सदस्य रहेका छन् कलाकार शिवहरि बैरागी नेपाल, संगीतकार मनोज चौलागाई, गायिका दुर्गा परियार, गायक राज सागर र   निर्देशक कमल एक्चै मगर अवार्डको निर्णायकमा रहेका थिए ।

क–कसले पाए अवार्ड 

तीज गीत एरेन्जर : विपीन आचार्य (स्वामी ज्यू)

तीज गीत मिक्सिङ : प्रकाश खरेल (यो तीजमा नजाने माइती)

तीज गीत भिडियो छाँयाकार : मुकेश हुमागाईं (आयो तीज आयो) 

तीज गीत मोडल (पुरुष) :  प्रकाश सोनी (तीज आयो स्वामी राजा)

दोहोरी तीज गीत मोडल : सम्झना बुढाथोकी (साडी जापानी)

तीज दोहोरी गीत शब्द : जानकी पन्थ (अब त चाहियो काठमाडांैमा घर)

तीज दोहोरी गीत लय : प्रकाश शाही (पशुपतिमा जलहरी)

तीज दोहोरी गीत गायक : विजय गुरुङ (तीजै आयो)

तीज दोहोरी गीत गायिका : शोभा त्रिपाठी (नाँचौ न पिर भुलेर)

तीज गीत नवगायन : सुनिता भट्टराई (तीज बबाल)

तीज गीत युगल मोडल : दीपाशा विसी/अञ्जली अधिकारी (अरिकैको दासी बरीलै)

तीज गीत युगल गायन : अन्जु श्रेष्ठ/बीना भट्टराई ( तीजको लहर)

तीज गीत नृत्य निर्देशन : केशव भट्ट (बालापनको तीज)

तीज गीत भिडियो निर्देशन : गम्भीर विष्ट (यो तीजमा नजाने माइती)

मौलिक तीज गीत मोडल : सुप्रिमा थापा (बालापनको तीज)

उत्कृष्ट तीज गीत शब्द : वसन्त योगी (कल्ले खायो दर)

उत्कृष्ट मौलिक तीज गीत शब्द : कस्तुप पन्त (मन्दिरमा गजुर)

तीज गीत लय : तारावीर पाण्डे (भन्छन् स्वामीले)

मौलिक तीज गीत लय : वि.पी. वाग्ले (बरिलै माइतीको)

तीज गीत गायिका : सिर्जना खत्री हाउडेमाया (पिरलो) 

मौलिक तीज गीत गायिका : सिता केसी (हेर त साइली) 

तीज गीत भीडीयो सम्पादक : बन्दे प्रसाद (बालापनको तीज) 

दशकको उत्कृष्ट गायिका : सुनिता दुलाल (पियारी)

तीज गीत गायिका : शोभा केसी  (परदेशमा हाम्रो) (जुरी)

उत्कृष्ट तीज गीत शब्द : कमला बोहरा खत्री (परदेशी चेलीको तीज (डायस्पोरा)

तीज दोहोरी गीत शब्द : हरि उप्रेती (तीजै आयो (जुरी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप