सरकारले सुन तस्करी गर्ने उद्योग नै चलाएको छ : ओली
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुन तस्करी गर्ने उद्योग नै चलाएको आरोप लगाएका छन् ।
आफूमाथि पशुपतिमा ‘सुनको भनेर पित्तलको जलहरी चढाएको’ आरोप लगाएर सरकारले एयरपोर्टबाट क्वीन्टलका क्वीन्टल सुन तस्करी गरेको ओलीको जिकिर थियो । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित ‘बढ्दो महँगी र उपभोक्ता हित’ विषयक विचार गोष्ठीमा बोल्दै उनले सरकारले ‘चिलतिर औँलो देखाएर कुखुरा उडाएको शैलीमा’ क्वीन्टलका क्वीन्टल सुन तस्करी गरेको बताए ।
अध्यक्ष ओलीले माअोवादी नेता कृष्णबहादुर महरा बाबुछोराप्रति संकेत गर्दै साढे नौ केजी सुन तस्करी गर्नेलाई बचाउनका लागि २९४ पटक फोन सम्पर्क गर्नेलाई सरकारले केही पनि नगरेको भन्दै आक्रोश समेत व्यक्त गरे । वर्तमान सरकार उपभोक्तामाथि संस्थागत रुपमै गैरजिम्मेवार रहेको भन्दै ओलीले उपभोक्ताको हित संरक्षण गर्ने कर्तव्यबाट च्युत नहुन पनि सचेत गराए ।
ओलीले आफ्नो पार्टीले आम उपभोक्ताको हितका लागि सरकारको पनि ध्यानाकर्षण गराए । त्यस अवसरमा उनले आम उपभोक्ताको हित संरक्षणका लागि गरिबी निवारणमा जोड दिनुपर्ने आवश्यकता पनि औँल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण