आज पनि बढ्यो सुनको मूल्य
सोमबार, ०१ असोज २०८०, ११ : ५५

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाली बजारमा आजपनि सुनचाँदीको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको जानकारी दिएको हो ।
सुनको मूल्य हिजो तोलामा ५०० रुपैयाँले बढेको थियो । आज २०० रुपैयाँले बढेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ छ ।
हिजो छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ थियो । यस्तै, आज चाँदीको मूल्य समेत तोलामा ५ रुपैयाँले बढेको छ ।
यससँगै, आज चाँदीको कारोबार प्रतितोला १४ सय ५ रुपैयाँमा भइरहेको छ । ५ रुपैयाँले बढेपछि हिजो आइतबार चाँदीको कारोबार मूल्य तोलामा १४ सय रुपैयाँ कायम थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तान विस्फोट : चिनियाँ राष्ट्रपति स्तब्ध
-
झापामा लागु औषधसहित २ युवायुवती पक्राउ
-
प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँच
-
खोलाले बगाएको जीप भेटियो, एक मृत फेला, दुई अझै बेपत्ता
-
गोरखा अस्पतालको स्तरोन्नति प्रदेश सरकारको प्राथामिकता : मुख्यमन्त्री पाण्डे
-
पचास लाख बराबरको बेवारिसे कपडा राजस्वको नियन्त्रणमा