विद्यालयमा बन्द हडताल गर्नेलाई कारबाही गर्ने चेतावनी
काठमाडौँ । सुनसरीको दुहवी नगरपालिकाले विद्यालयमा बन्द हडताल गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
सोमबार एक सूचना जारी गर्दै नगरपालिकाले कानुनविपरित विद्यालयमा नियमित पठनपाठन अवरोध गरेमा कारबाही गर्ने चेतावनी दिएको हो । नगरपालिकाले विद्यालयको पठनपाठनमा अवरोध पुर्याए शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७७ को दफा ११२ तथा प्रचलित कानुन बमोजिम कारबाही गर्ने उल्लेख गरेको छ ।
शिक्षकले विद्यार्थीको नियमित पठनपाठनमा बाधा पर्नेगरी विद्यालय बन्दको कार्यक्रम आयोजना गरेको सुनिएको भन्दै नगरपालिकाले आफ्नो अधिकारको प्रयोग गर्दा अर्काको अधिकार हनन गर्न नहुने बताएको छ ।
नगरपालिकाले बालबालिकाको सिकाइमा बाधा उत्पन्न हुने गरी विद्यालय बन्द हडताल गरे कदापि स्वीकार्य नहुने बताएको छ । नगरपालिकाले नियमित विद्यालय सञ्चालनमा सहयोग पुर्याउन सबै पक्षलाई आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण