सुन तस्करी प्रकरण
अदालतमा याओ पुचेङ्गको बयान सुरु, मंगलबारदेखि ४ ठाउँमा राखेर बयान गरिँदै
सोमबार, ०१ असोज २०८०, १९ : ५७
काठमाडौँ । हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणमा अदालतमा बयान लिन थालिएको छ । सोमबार प्रतिवादी चिनियाँ नागरिक याओ पुचेङ्गको बयान सुरु गरिएको हो ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद मैनालीको इजलासमा बयान सुरु भएको छ । सोमबारबाट बयान सुरु भएको जिल्ला अदालत काठमाडौँका श्रेस्तेदार कोशलेश्वर ज्ञवालीले रातोपाटीलाई बताए ।
मंगलबारबाट ४ ठाउँमा राखेर चार जना प्रतिवादीको बयान लिनेगरी तयारी गरिएको श्रेस्तेदार ज्ञवालीले जानकारी दिए । बयान पुरा भएपछि थुनछेक बहस सुरु हुनेछ । न्यायाधीश मैनालीको इजलासमा मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।
सुन प्रकरणमा पक्राउ गरिएका २६ जना र ३ जनालाई फरार प्रतिवादी कायम गरेर मुद्दा दायर गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण