संविधान जारी हुन नदिन राष्ट्रपति, अध्यक्ष र सभापतिलाई चर्को दबाब थियो : केपी ओली
_F2VYNxchNx.jpg)
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान सभाका अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङले चौतर्फी दवावकाबीच पनि संविधान जारी गर्न सफल भएको बताएका छन् । नेम्वाङको सोही राष्ट्रवादी सोचका कारण नेम्वाङमा देशप्रतिको असाधारण निष्ठा रहको अध्यक्ष ओलीको भनाइ छ ।
मंगलबार एमालेले आयोजना गरेको ‘सुवास र संविधान’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले नेम्वाङको लामो राजनीतिक इतिहासमा कहिल्यै पनि असान्दर्भिक र स्वार्थी कदम नचालेको भन्दै उहाँबाट नेपाली राजनीतिले धेरै कुरा सिक्नुपर्ने बताए ।
‘उहाँ वेइमान हुनुभएन, मिठो बोल्ने भन्दा पनि देशप्रति असाधारण निष्ठा थियो । देशहित विपरीतका कहिल्यै कुनै कदम चाल्नुभएन’, ओलीले भने, ‘असामूहिक, असान्दर्भिक र स्वार्थी कदमहरु कहिल्यै चाल्दै चाल्नुभएन ।’
सुवासचन्द्र नेम्वाङको स्मृतिमा बोल्नुपर्दा आफूलाई अझै पत्यार नलागेको भन्दै ओलीले नेम्वाङ आफ्नो सहयात्री भएको बताए । लोकतान्त्रिक आन्दोलन, संसदीय भूमिका, संविधान निर्माणलगायतका प्रश्नमा नेम्वाङको भूमिका उच्च रहेको भन्दै उनले नेम्वाङको निधनपछि एमालेले असाधारण क्षती बेहोरेको र देशले असल नेता गुमाएको बताए । उनले नेम्वाङले संविधान निर्माण र जारी गर्न प्रभावकारी र अभिभावकीय भुमिका निर्वाह गरेकै कारण संविधान जारी हुन सकेको बताए । उनले संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, तत्कालीन राष्ट्रपति रामवरण यादव र मस्यौदा समितिका सभापति कृष्ण सिटौलाजीलाई संविधान जारी नगर्न दबाब दिएको बताए ।
‘२०७२ साल असोज ३ गते संविधान जारी गर्ने बेलामा कृष्णप्रसाद सिटौलाजीलाई पनि ठुलो दबाब थियो’, उनले भने, ‘कांग्रेसका नेता मार्फत मस्यौदा नबुझाऊ भनेर ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ प्रतिशत दलित समुदायलाई १ प्रतिशत बजेट !
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
संघीय संसद्को दुवै बैठक बस्दै : सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल
-
सुनाखरी मध्यवर्ती सामुदायिक ‘होमस्टे’मा पहुना आकर्षित हुँदा व्यवसायी उत्साहित
-
२ सय पटक सर्पले टोकेपछि मान्छेको रगतमै बन्यो एन्टिभेनम
-
जेलेन्स्कीले भने- दबाब बिना रुसले युक्रेनसँगको युद्ध अन्त्य गर्दैन