विद्यालय बन्द गरे कारबाही गर्ने मेयरको चेतावनी
रौतहट । रौतहटको बौधिमाई नगरपालिकाका मेयर प्रदीप कुमार यादवले कुनै पनि बहानामा नगरभित्रका सामुदायिक विद्यालय बन्द गरेमा कारबाही गर्ने चेतावनी दिएका छन्। मेयर यादवले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त चेतावनी दिएका हुन्।
बौधिमाई नगर शिक्षा समितिको आज बसेको बैठकले शैक्षिक क्यालेन्डर अनुसार नियमित रूपमा विद्यालय कक्षा सञ्चालन गराउन निर्णय गरेको छ। नगर क्षेत्र भित्रको सम्पूर्ण विद्यालयमा पठनपाठनमा बाधा अवरोध नगर्न समेत नगर शिक्षा समितिको बैठकले निर्णय गरेको छ।
पठनपाठन सम्बन्धी अनुचित कार्य भए गरेमा नियमानुसार कारबाही गर्ने मेयर प्रदीप कुमार यादव द्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ।
उता नेपाल शिक्षक संघ रौतहटसहित नौ घटकले सोमवार एक विज्ञप्ति निकालेर भोलि ३ गते सम्पूर्ण विद्यालयमा शैक्षिक हडताल गरी शिक्षकलाई काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी हुन आव्हान गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण