गणेशमान नेपाली राजनीतिका आदर्श व्यक्ति हुनुहुन्थ्यो : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गणेशमान सिंहले लोकतन्त्रलाई राज्य सञ्चालनको एउटा माध्यममात्र होइन जीवन दर्शन र संस्कार बनाएको बताएका छन् ।
गणेशमान सिंहले देखाएको बाटोमा हिँड्न सके मात्र उनीप्रति सच्चा श्रद्धाञ्जली हुने धारणा व्यक्त गरे ।
नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहको व्यक्तित्व र योगदानलाई चिरस्मरणीय बनाउन भक्तपुरको कटुञ्जेमा निर्माण गरिएको गणेशमान बाटिकामा रहेको सिंहको पूर्णकदको शालिकमा मंगलबार अनावरण गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरे ।
“त्याग, आदर्श र निष्ठाको राजनीतिलाई मन, वचन र कर्मले गणेशमानजीले निर्वाह गर्नुभएको काम सबैका लागि सँंधै प्रेरणा बन्नेछ भन्ने मैले विश्वास लिएको छु । राजनीतिलाई सत्ता र शक्तिको साधन होइन राष्ट्रनिर्माणको लागि जीवन समर्पित गर्ने आदर्श, त्याग र निष्ठाको निष्काम कर्म हो भनेर प्रमाणित गर्ने गणेशमानजीको यही जीवन दर्शनको सन्देश हामीले वर्तमान र भावी पुस्तासम्म पुर्याउन सक्नुपर्छ”, उनले भने ।
आफूले गणेशमानजीसँगको साथ र सान्निध्यता पाएको राजनीतिक जीवनको स्मरण गर्दै आफूलाई सदैव सत्य, निष्ठा र आदर्शको बाटोमा हिँड्न अभिप्रेरित गरिरहेको राष्ट्रपति पौडेलको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण