पार्टी एकताका लागि माओवादीले गर्यो नेसपालाई पत्राचार
काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेपाल समाजवादी पार्टी (नेसपा)सँग एकता गर्न पत्राचार गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेसपाका अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्राचार गरेका हुन् ।
अध्यक्ष प्रचण्डले पठाएको पत्रमा एकताका लागि पार्टीको नाम परिवर्तन गर्न आगामी महाधिवेशनमा छलफल गर्ने उल्लेख गरेका छन् । सो पत्रमा नेपाल कम्युनिस्ट पार्टीको पछाडि कोष्टमित्र रहेको माओवादी केन्द्रबारे आगामी महाधिवेशनमा खुला रूपले छलफल गरी आवश्यक निर्णय लिने उल्लेख गरिएको छ ।
माओवादी केन्द्रको भदौ २५ गते बसेको पदाधिकारीहरूको बैठकमा पार्टी एकता सम्बन्धमा छलफल भएको महासचिव देव गुरुङले जानकारी दिएका छन् । पार्टी एकता गर्ने भन्दै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा दुवै पक्षका उम्मेदवारहरूले गोलाकार भित्रको हसिया हथौडा लिएर निर्वाचनमा सहकार्य गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्ली जुलाई महिनाभरि नेपाली फिल्म देखाइने
-
कर्णालीमा मन्त्रीको मनपरी ! पर्यटन प्रवर्द्धनको बजेटमा विद्यालयदेखि बारको भवन
-
भूमिहीन सुकुमबासीको अधिकार संरक्षण र टीआरसी टुङ्गोमा पुर्याउन सांसदहरूको जोड
-
मौद्रिक नीतिले बढाउन सकेन नेप्से, ३०.०९ अङ्ककाे गिरावट
-
फिफा अध्यक्ष इन्फान्टिनोमाथि अनुसन्धान गर्न युरोपेली सांसदहरूको माग
-
‘सुकुमबासीको आँखामा आँसुको उपहार दिएर सरकारले १०० दिन मनायो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण