पार्टी एकताका लागि माओवादीले गर्यो नेसपालाई पत्राचार

काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेपाल समाजवादी पार्टी (नेसपा)सँग एकता गर्न पत्राचार गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेसपाका अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्राचार गरेका हुन् ।
अध्यक्ष प्रचण्डले पठाएको पत्रमा एकताका लागि पार्टीको नाम परिवर्तन गर्न आगामी महाधिवेशनमा छलफल गर्ने उल्लेख गरेका छन् । सो पत्रमा नेपाल कम्युनिस्ट पार्टीको पछाडि कोष्टमित्र रहेको माओवादी केन्द्रबारे आगामी महाधिवेशनमा खुला रूपले छलफल गरी आवश्यक निर्णय लिने उल्लेख गरिएको छ ।
माओवादी केन्द्रको भदौ २५ गते बसेको पदाधिकारीहरूको बैठकमा पार्टी एकता सम्बन्धमा छलफल भएको महासचिव देव गुरुङले जानकारी दिएका छन् । पार्टी एकता गर्ने भन्दै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा दुवै पक्षका उम्मेदवारहरूले गोलाकार भित्रको हसिया हथौडा लिएर निर्वाचनमा सहकार्य गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित
-
राष्ट्रिय चलचित्र अवार्डमा उत्कृष्ट फिल्म गायब भएपछि ‘प्रकाश’ टिम पुग्यो अदालत
-
आन्दोलनमा शिक्षकले बोटबिरुवा माडेपछि बालेनले सम्झिए देवकोटाको कविता
-
इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति
-
रातोपाटी ब्रिफिङ : चर्किँदो शिक्षक आन्दोलनदेखि शेखर–गगन पक्षको ओरालो यात्रासम्म
-
अतिकम विकसित देशहरूलाई वित्तीय साधन परिचालनको खाँचो छ : मन्त्री साउद