एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक
बिहीबार, ०४ असोज २०८०, ०९ : २३
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै छ । बैठक पार्टी कार्यालय आलोकनगरमा साढे १० बजे बस्ने उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
बैठकमा असोज १४ देखि देखि सुरु हुने मेचीकाली अभियानको तयारीबारे छलफल हुने खतिवडाको भनाइ छ । यसका साथै अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशनबारे समेत छलफल हुने नेताहरूले बताएका छन् ।
अध्यक्ष नेपालले जारी गरेको अपानी र त्यसमार्फत गरिएको नियुक्ति र कार्यविभाजनप्रति सम्मानित नेता झलनाथ खनालसहितका नेताहरूले चर्को असन्तुष्टि जनाएका छन् । यसबारे खनालले आजको बैठकमा कुरा उठाउने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण