यस्तो छ ‘देव वाणी’को फष्टलुक, फिल्म पुस २७ मा रिलिज हुने
काठमाडौँ । अगामी पुस २७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘देव वाणी’ । निर्माण युनिटले फिल्मको प्रदर्शन मिति तीन महिना भन्दा बढी भए पनि फष्टलुकको रूपमा २ पोस्टर सार्वजनिक गर्दै प्रचार सुरु गरेको छ ।
दुई पोस्टरमध्ये पहिलो पोस्टरमा अभिनेता सुनिल थापा र डेव्यु अभिनेता कुन्दन भारद्वाज र डेव्यु अभिनेत्री अनुजा लेप्चालाई स्थान दिइएको छ, भने दोस्रो अभिनेता भारद्धाजलाई रिसाएको मानिसको गेटअफमा उतारिएको छ ।
बाबु साहेव बलामीको निर्देशन रहेको फिल्ममा सुनिल, कुन्दन र अनुजाका अलवा ध्रुब कोइराला, घनश्याम गिरी, रवीन्द्र झा, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, काजोल राघवाणी, लक्ष्मीनाथ तिमल्सिना लगायतको अभिनय छ ।
सिमरा, वीरगन्ज, र काठमाडौँमा छायाङ्कन भएको फिल्म नेपाली र हिन्दी भाषामा निर्माण भएको छ । फिल्म नेपाल रिलिजकै दिन भारतका हलमा पनि प्रदर्शन गर्ने योजना निर्माण टिमको छ ।
मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको निर्माण रहेको फिल्मको कथा निराजन मेहता मन्जिलले तयार पारेका हुन् ।
हरिबहादुर घलेको छायाङ्कन र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको फिल्मको प्रस्तुतकर्तामा मौसम पौडेल हुन् । मिना खड्का र हिराबहादुर लेप्चा निर्माता रहेको फिल्मका कार्यकारी निर्माता महेन्द्र यादव, अपार गुरुङ र हुन् । फिल्ममा तेञ्जु योञ्जनको कोरियोग्राफी र तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन रहेको छ ।
अहिले पोष्ट प्रोडक्सनमा रहेको फिल्ममा मनोहर सुनामको संगीत, श्रीकृष्ण श्रेष्ठको भिएफएक्स, प्रवीण ढकालको कलरग्रेडिङ र बन्दे प्रसादको सम्पादन रहने फिल्म सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले वितरण जिम्मा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
-
शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि दरखास्त आह्वान
-
कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा माथि
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
२१ खर्ब २४ अर्बको बजेट आजदेखि कार्यान्वयनमा, चालु खर्चमै झन्डै ६० प्रतिशत विनियोजन
-
जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण