दलहरुको अविश्वासको कारण शान्ति प्रक्रिया टाढिँदै गयो : नेता सिटौला
काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिक दलहरुका बीचमा अविश्वास भएका कारण शान्ति प्रक्रियाको बाँकी काम नसकिएको बताएका छन् ।
बिहीबार काठमाडौँमा आयोजित ‘विस्तृत शान्ति सम्झौता–२०६३) कार्यान्वयनका १७ वर्षः उपलब्धि, चुनौती र अबको बाटो’ विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विस्तृत शान्ति सम्झौतामा प्रतिबद्धता गरे अनुरुपका कामहरु अझै अधुरो रहेको भन्दै यसको कारण राजनीतिक दलहरु भएका बताए ।
नेता सिटौलाले राजनीतिक दलहरु एकै ठाउँमा उभिएमा सहजै समाधान दिन सकिने बताए । उनले राजनीतिक दलहरु आपसी विश्वासमा आएर शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउनुपर्ने बताए ।
नेता सिटौलाले विस्तृत शान्ति सम्झौता बद्लावको भावनाले सिर्जना नगरिएको स्पष्ट पारे । विस्तृत शान्ति सम्झौता शान्ति र न्यायको भावनाले सिर्जना गरिएको दस्ताबेज भएको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण