बिदेसिनेको भीड देख्दा हरेक दिन आँखाहरु रसाएका छन् : अजयबाबु शिवाकोटी
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले उत्तर र दक्षिणका दुई छिमेकी मुलुकहरू आर्थिक विकासमा अग्रसर भइरहेको बेला राज्यका निकाय तथा संस्था खस्कँदो अवस्थामा रहेको बताएका छन् ।
शुक्रबार केन्द्रीय कार्यसमितिको दोस्रो दिनको बैठकमा बोल्दै शिवाकोटीले नेतृत्व प्रतिको आशा निराशामा परिवर्तन भएको बताएका हुन् । उनले देशको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशीनेको भीड दिन दिनै देख्दा आँखा रसाउने गरेको बताए । उनले यसरी पछिल्लो ३० वर्ष पटक पटक अवसर पाएर पनि ‘नेतृत्व तहको अग्रजहरूलाई देश त हामीले बनाएकै रहेछौ नि भन्ने लाग्दैन ?’ भनि सभापति शेरबहादुर देउवालाई प्रश्न गरे ।
‘आज हरेका नागरिक आफ्ना छोराछोरी कहिले १२ कक्षा पास गर्लान् र विदेश पढाउला भनेर सपना मात्र देखेका छैनन्, आफूलाई दाउमा पनि राखेका छन्, ’ उनी भन्छन् ‘विद्यार्थी विदेशमा, शिक्षक सडकमा, मजदुरी गर्ने मलेसिया र मध्य पूर्वका खाडी राष्ट्रहरूमा गएको भीड देख्दा हरेक दिन आँखाहरु रसाएका छन् ।’
शिवाकोटीले अहिलेको निर्वाचन प्रणालीमा सामयिक सुधारका लागि पहल गर्न पनि अनुरोध गरे ।
‘समावेशीको मूल मर्मलाई नमार्ने गरी निश्चित क्षेत्रमा निश्चित लिङ्ग र समुदायको प्रतिनिधीबीच मात्र प्रतिष्पर्धा गर्न पाउने गरी निर्वाचन पद्धतिलाई प्रत्यक्ष गर्न अन्य राजनीतिक दलसँग समेत संवाद गरी संविधान संशोधनका लागि पहलको निर्णय यो बैठकले गर्नुपर्दछ,’ उनले भने ।
उनले केन्द्रीय सदस्य मनोनयनबारे पनि प्रश्न उठाए । उनले तल्लो तहमा पराजितहरूलाई केन्द्रीय सदस्यमा मनोनयन गर्नु विधानमाथिको ठाडो हस्तक्षेप भएको बताए ।
‘जुन मापदण्डले केही केन्द्रीय सदस्यज्यूहरू मनोनयनमा पर्नुभएको छ, त्यो मापदण्डमा अन्य प्रदेशका सभापतिका प्रतिष्पर्धीहरू किन पर्नुभएन ?’ उनले भने ।
उनले भ्रातृ तथा शुभेच्छुक संस्था बनाउँदा एकलौटी गरिएको बताए । ‘म केन्द्रीय समितिका सबै अग्रज तथा साथीहरूलाई पनि सोध्न चाहन्छु के तपाईं हामी आफैँले गरेको निर्णय मातहतका भ्रातृ संस्थाले लत्याउँदा आफ्नो निर्णयको लाज जोगाउन पनि त्यसको पक्षमा उभिनु पर्दैन ?’ उनको प्रश्न छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण