मलंगवामा सबै स्थानका गणेश पूजाको मूर्ति एकै ठाउँमा विसर्जन गरिने
शुक्रबार, ०५ असोज २०८०, १६ : ४२
जनकपुरधाम । सर्लाहीको सदरमुकाम मलंगवामा गणेश पूजाको सबै स्थानको मूर्ति एकै ठाउँमा विसर्जन गरिने भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले आज साँझ ५ देखि ७ बजेसम्ममा गणेश पूजाको विसर्जन गर्ने निर्णय गरेको हो ।
बैठकले घटनाको अनुसन्धान गरी दोषीलाई कारवाही गर्ने पनि निर्णय गरेको छ । यस्तै बैठकमा ब्रम्हपुरीमा भएको तोडफोडको घटनामा संलग्नलाई समेत पक्राउ गर्ने, मानवीय तथा भौतिक क्षति पुर्याउनेबाटै क्षतिपूर्ति भराउने, आगामी दिनमा यस्ता किसिमका घटना हुन नदिन सबै पक्ष जिम्मेवार भएर लाग्ने निर्णय भएको छ ।
स्थिति साम्य पार्न सदरमुकाम मलंगवामा गएराति १० बजेदेखि लगाइएको कफ्र्यु अहिलेसम्म जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण