मलंगवामा सबै स्थानका गणेश पूजाको मूर्ति एकै ठाउँमा विसर्जन गरिने
शुक्रबार, ०५ असोज २०८०, १६ : ४२

जनकपुरधाम । सर्लाहीको सदरमुकाम मलंगवामा गणेश पूजाको सबै स्थानको मूर्ति एकै ठाउँमा विसर्जन गरिने भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले आज साँझ ५ देखि ७ बजेसम्ममा गणेश पूजाको विसर्जन गर्ने निर्णय गरेको हो ।
बैठकले घटनाको अनुसन्धान गरी दोषीलाई कारवाही गर्ने पनि निर्णय गरेको छ । यस्तै बैठकमा ब्रम्हपुरीमा भएको तोडफोडको घटनामा संलग्नलाई समेत पक्राउ गर्ने, मानवीय तथा भौतिक क्षति पुर्याउनेबाटै क्षतिपूर्ति भराउने, आगामी दिनमा यस्ता किसिमका घटना हुन नदिन सबै पक्ष जिम्मेवार भएर लाग्ने निर्णय भएको छ ।
स्थिति साम्य पार्न सदरमुकाम मलंगवामा गएराति १० बजेदेखि लगाइएको कफ्र्यु अहिलेसम्म जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिलभूषण पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश
-
मकवानपुरको थाहा नगरपालिकामा ५० वर्षीया महिलाको हत्या
-
सचिव हुन नपाएको झोँकमा मन्त्रालयनै गइनन् संगीता, साढे ३ महिनादेखि बिदामा
-
कालोसूचीमा परेको ठेकेदार कम्पनीलाई १८ करोडको ठेक्का
-
श्रेष्ठको रिट खारेज भएसँगै नेपालखबर र बिजमाण्डुले समाचार हटाउन नपर्ने
-
घरेलु श्रमिक सम्बन्धी महासन्धि सी– १८९ अनुमोदन गर्न श्रममन्त्रीलाई ध्यानाकर्षण