योगेन्द्र चौधरीको प्रश्न : हामी किन समावेशिताको विकल्प खोजिरहेका छौँ ?
काठमाडौँ । कांग्रेस केन्द्रीय सदस्य योगेन्द्र चौधरीले वर्तमान संविधानको सुन्दर पक्षलाई व्यवस्थाको चुनौतीका रुपमा व्याख्या गर्न थालिएको भन्दै आपत्ति जनाएका छन् ।
शुक्रबारको कांग्रेस केन्द्रीय समिति बैठकमा उनले भने संघीयता र समानुपातिक निर्वाचन प्रणालीको विकल्पबारे भइरहेको बहसप्रति विमति जनाएका हुन् । कांग्रेस केन्द्रीय समिति बैठकमा संघीयता र समानुपातिक निर्वाचन प्रणाली खारेजीबारे केही नेताहरुले आवाज उठाएका थिए ।
यसबारे चौधरीले भने, ‘समानुपातिक, समावेशी, संघीयता, धर्मनिरपेक्षता यो संविधानको सुन्दर पक्षको भनेर हामी भन्दै आएका छौँ । तर, यही सुन्दर पक्षको कतिपय विषय हामीलाई यी व्यवस्थाको चुनौती बनेर आयो भन्दै प्रश्न उठाउने काम भएको छ ।’
संविधान बनेको ८ वर्षसम्म प्रादेशिक कानुन नबन्दा संघीयताले डेलिभरी गर्न नसकेको भन्दै प्रदेशको औचित्यमाथि प्रश्न उठाउने कुरा राम्रो नभएको उनले बताए । ‘संघीयताप्रतिको हाम्रो धारणा के हो ? हामीले तीन तहको सरकारको परिकल्पना गरौँ । तीन वर्षमा संघीयताको पूर्ण कार्यान्वयनका लागि कानुन बनाउने भनौँ । आज आठ वर्ष भयो । प्रदेशका निम्त ४० वटा कानुन बनेको छैन । कानुनहरु कुन कारणले रोकियो ? कसको कारणले रोकियो ?,’ उनको प्रश्न छ ।
संविधान कार्यान्वयन नहुन नसक्नुको कांग्रेसले नैतिक जिम्मेवारी कांग्रेसले पनि लिनुपर्ने चौधरीको भनाइ छ । ‘यसमा हामी गम्भीरता पूर्वक अगाडि बढौँ । अहिले पनि प्रहरी बिनाको सरकारको परिकल्पना गर्न सकिन्छ । जसको कर्मचारी छैन । त्यो सरकारले कसरी काम गर्छ ?,’ उनले भने ।
यस्तै उनले समावेशी चरित्रलाई यो संविधानबाट निकालिँदा संविधान कस्तो देखिन्छ भन्दै प्रश्न गरे । ‘हामी मिश्रित निर्वाचन प्रणालीको विकल्प खोजिरहेका छौँ । किन यस्तो भइरहेको छ ?,’ उनको प्रश्न छ, ‘के साँच्चै मिश्रित निर्वाचन प्रणालीले समस्या जन्माएको हो ? संविधान कार्यान्वयनमा के समस्या गरेको हो ?’
समानुपातिक निर्वाचन प्रणालीलाई ठीक ढंगले प्रयोग गर्दा समस्या आएको उनको भनाइ छ । उनले भने, ‘हामी समानुपातिक निर्वाचन प्रणाली गलत हो भनेर विषयान्तर गर्दै छौँ ।’ कानुन नबन्दा थारुहरुले १७ वर्षसम्म कानुनको उपयोग गर्न नपाएको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण