शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरीको हेडक्वार्टरमा राष्ट्रपतिले योग कार्यशाला उद्घाटन गर्दै

शुक्रबार, ०५ असोज २०८०, २० : ०८
शुक्रबार, ०५ असोज २०८०

काठमाडौँ । सशस्त्र प्रहरी हेडक्वार्टर हलचोकमा ’ध्यानद्वारा ऊर्जा जागरणको एक दिवसीय कार्यशाला’ आयोजना गरिएको छ । कार्यशालाको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने भएका छन् । 

शनिबार आयोजिन कार्यशाला उद्घाटनमा राष्ट्रपति पौडेल सहभागी हुने सशस्त्र प्रहरी प्रवक्ता राजेन्द्र खड्काले रातोपाटीलाई बताए । 

गृह मन्त्रालय र ’जीवन विज्ञान’को संयुक्त सहकार्यमा तय गरिएको कायार्शालाको उद्घाटन बिहान साढे ७ बजे हुनेछ । कार्यशाला दिनभर चल्नेछ । कार्यशालामा राष्ट्रपति पौडेल र उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले योगाभ्यासको महत्वबारे मन्तव्य दिनेछन् । 

कार्यशालामा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित सबै संवैधानिक निकायका प्रमुखहरू र प्रधानसेनापति प्रभुराम शर्मालाई समेत आमन्त्रण गरिएको छ ।  

गृह मन्त्रालयका सचिवसहित वरिष्ठ अधिकारी र अधिकृतहरू, विभाग र प्रशासन कार्यालयका प्रमुख एवम् अधिकारीहरू, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख र वरिष्ठ उपरीक्षकसम्म गरी करिब तीनसय जनाको सहभागिता हुने कार्यशालामा ’जीवन विज्ञान’का एलपी भानु शर्मा र रमेश नेपालले योग प्रशिक्षण दिनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप