सशस्त्र प्रहरीको हेडक्वार्टरमा राष्ट्रपतिले योग कार्यशाला उद्घाटन गर्दै
काठमाडौँ । सशस्त्र प्रहरी हेडक्वार्टर हलचोकमा ’ध्यानद्वारा ऊर्जा जागरणको एक दिवसीय कार्यशाला’ आयोजना गरिएको छ । कार्यशालाको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने भएका छन् ।
शनिबार आयोजिन कार्यशाला उद्घाटनमा राष्ट्रपति पौडेल सहभागी हुने सशस्त्र प्रहरी प्रवक्ता राजेन्द्र खड्काले रातोपाटीलाई बताए ।
गृह मन्त्रालय र ’जीवन विज्ञान’को संयुक्त सहकार्यमा तय गरिएको कायार्शालाको उद्घाटन बिहान साढे ७ बजे हुनेछ । कार्यशाला दिनभर चल्नेछ । कार्यशालामा राष्ट्रपति पौडेल र उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले योगाभ्यासको महत्वबारे मन्तव्य दिनेछन् ।
कार्यशालामा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित सबै संवैधानिक निकायका प्रमुखहरू र प्रधानसेनापति प्रभुराम शर्मालाई समेत आमन्त्रण गरिएको छ ।
गृह मन्त्रालयका सचिवसहित वरिष्ठ अधिकारी र अधिकृतहरू, विभाग र प्रशासन कार्यालयका प्रमुख एवम् अधिकारीहरू, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख र वरिष्ठ उपरीक्षकसम्म गरी करिब तीनसय जनाको सहभागिता हुने कार्यशालामा ’जीवन विज्ञान’का एलपी भानु शर्मा र रमेश नेपालले योग प्रशिक्षण दिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण