आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सरकार आफैँले सुन तस्करी गरिरहेको छ : ओली

शनिबार, ०६ असोज २०८०, १९ : ४३
शनिबार, ०६ असोज २०८०

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफैँले सुन तस्करी गरिरहेको आरोप लगाएका छन् । स्वर्ण युगको झल्को दिनेगरी सरकार आफैँ सुन तस्करीमा संलग्न रहेको ओलीको जिकिर थियो ।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सुन तस्करी प्रकरण चलाउनेहरु आफैँले स्वर्ण युग आयो भनेर भनिरहेको भन्दै सरकारको कटाक्ष पनि गरे । 

‘सुन फल्छ भनेर यहाँ काठमाडौं आएको, यहाँ त नुन पनि पाइँदो रहेनछ भन्ने कसैले भनेका छन् । यहाँ ब्रेक सुमा सुनैसुन । वेपमा सुनैसुन । सिग्रेट खान खोज्यो सुनैसुन । पानी चलाउने मोटर ल्यायो, सुनैसुन । जे छोयो, त्यो सुनैसुन’ ओलीले व्यंगात्मक शैलीमा भने, ‘स्वर्ण युग आयो भन्दैछ सरकार । यति सुन आएको छ । फेरि स्वर्ण युग नआए कहिले आउँछ त ? भन्दैछ सरकार । नुन पनि पाइँदैन भन्दा सरकारको बिरोध गरेजस्तो हुँदैन । स्वर्ण युग नै आएको छ । उहिले हामी गोल्डेन टच भन्ने पढथ्यौं । त्यस्तै भएको छ । केरुङ भन्सारबाट आउने ट्रकहरुमा सुन बोकिन्छ । पहिलेपहिले रातो चन्दन उत्तर लगिन्थ्यो, अहिले उत्तरतिरबाट सुन ओरालो झारिन्छ । यो भइराखेको छ ।’

चिल आयो, चिल आयो भनेर देखाउने अनि कुखुरा आफू बोकेर कुद्ने शैली सरकारले अपनाएको ओलीको आरोप छ । उनले देशको अवस्था नाजुक भएको उल्लेख गर्दै यस्तो अवस्थामा परिवर्तन ल्याउनैपर्ने बताए ।

‘चिल आयो, चिल आयो भन्ने अनि कुखुरा यतातिर बोकेर कुँदने ? मैले अघि नै भनेको छु–सरकारको आलोचना खास गर्न चाहन्न । तर अवस्था नाजुक छ । धेरै नाजुक छ’ उनले भने, ‘धेरै नेपालीले  यस नाजुक स्थितिबाट सोच्न पर्दछ । यस स्थितिमा परिवर्तन ल्याउनै पर्दछ । किन, देशको मूल्यमा कुनै व्यक्तिका स्वार्थ आदि इत्यादि छ भन्न सकिँदैन ।’  अध्यक्ष ओलीले देशको मूल्यमा कुनैपनि व्यक्तिको स्वार्थ पूरा गर्न नसकिने पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप