शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

आइतबार, ०७ असोज २०८०, १० : ४८
आइतबार, ०७ असोज २०८०

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको जानकारी दिएको छ । महासंघले आजको बजार भाउ तय गर्दै शुक्रबारको तुलनामा सुन र चाँदीकै कारोबार मूल्य बढेको जानकारी दिएको हो ।

 

महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर कारोबारमा आएको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम छ ।

 

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ५५० रुपैयाँ थियो । यस्तै, आज ५ रुपैयाँ बढेसँगै चाँदीको मूल्य प्रतितोला १४ सय ३० रुपैयाँ कायम छ । शुक्रबार यसको कारोबार मूल्य प्रतितोला १४ सय २५ रुपैयाँ कायम थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप