सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
आइतबार, ०७ असोज २०८०, १० : ४८
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको जानकारी दिएको छ । महासंघले आजको बजार भाउ तय गर्दै शुक्रबारको तुलनामा सुन र चाँदीकै कारोबार मूल्य बढेको जानकारी दिएको हो ।
महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर कारोबारमा आएको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम छ ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ५५० रुपैयाँ थियो । यस्तै, आज ५ रुपैयाँ बढेसँगै चाँदीको मूल्य प्रतितोला १४ सय ३० रुपैयाँ कायम छ । शुक्रबार यसको कारोबार मूल्य प्रतितोला १४ सय २५ रुपैयाँ कायम थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण