आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

जिनत अमानले एक विशेष उद्देश्यले गरेकी थिइन् विवाह, सोचे झैँ नहुँदा कष्टकर बन्यो जीवन

आइतबार, ०७ असोज २०८०, १२ : ४८
आइतबार, ०७ असोज २०८०

जिनत अमान ती अभिनेत्रीमध्ये एक हुन् जसले सौन्दर्य प्रतियोगिता जितेपछि बलिउडमा हिट भइन् । उनले सन् १९७० को दशकमा फेमिनी मिस इन्डिया र मिस एसिया प्यासिफिक इन्टरनेशनलको ताज पहिरेकी थिइन् । उनले आफ्नो सुन्दरताले धेरैलाई प्रभावित पारेकी थिइन् । उनी ७०–८० को दशककी सफल फिल्ममा देखिइन् । उनी हिन्दी फिल्म इन्डष्ट्रिकी सुरुवाती ग्ल्यामरस अभिनेत्रीमध्ये एक हुन् । 

zeenat aman1जिनतले ‘सत्यम शिवमं सुन्दरम’ मा निकै बिन्दास भूमिका निभाएकी छिन् । सफल करियरले उनलाई सम्पत्ति र चर्चा दुवै दिलायो तर दुर्भाग्यवश उनले निजी जीवनमा पनि कहिल्यै सन्तोषको सास फेर्न पाइनन् । उनको निजी जीवनमा निकै उतार–चढाव आयो । 

zeenat aman2जिनतले सञ्जय खानसँग विवाह गरेको अफवाह पनि उडेको थियो तर यसको कुनै प्रमाण छैन । भारतीय सञ्चार माध्यममा प्रकाशित समाचार अनुसार सञ्जय खानले उनलाई एक पटक होटेलको कोठामा लगेर बेस्सरी कुटेका थिए जसका कारण उनको बायाँ आँखामा ठुलो क्षति पुगेको थियो । अहिले पनि देख्न सकिन्छ कि उनको दायाँ आँखाभन्दा बायाँ आँखा थोरै सानो छ ।

zeenat aman3जिनतले सन् १९८५ मा मजहर खानसँग विवाह गरेकी थिइन् । यो खबरले धेरैलाई चकित पारेको थियो किनभने मजहर खान त्यति बेला खासै चर्चित थिएनन्, न आफ्नो करियरको शीर्ष स्थानमा नै थिए । मजहर खानले सन् १९८० को फिल्म ‘शान’ मा जासुस भिखारीको भूमिका निभाएका थिए । उनले धेरैजसो फ्लप फिल्ममा काम गरेका थिए । तर उनी एक हलिउड फिल्ममा भने देखिएका थिए तर करियरमा खासै राम्रो गर्न सकिरहेका थिएनन् । जिनतले करियरको शीर्ष स्थानमा हुँदा विवाह गरेकी थिइन् । 

zeenat aman4मजहर खानको निधन भएको वर्षौँपछि जिनत अमाले सिम्री ग्रेवालको च्याट शोमा उनले मजहरसँग विवाह गर्नुको कारण खुलाइन् । उनले भनेकी थिइन्, ‘म त्यति बेला बच्चा जन्माउन चाहन्थेँ । विवाह गर्नुको मेरो मुख्य कारण यही नै थियो किनभने विवाह परिवार बढाउनका लागि गरिन्छ भन्ने मेरो मान्यता थियो । त्यति बेला म यसका लागि तयार थिएँ त्यसैले मजहरसँग विवाह गरेँ ।’

यसका साथै उनले मजहरसँग आफ्नो सम्बन्ध खासै राम्रो नभएको पनि बताइन् । उनले भनेकी थिइन्, ‘विवाह गरेको एक वर्षपछि नै मैले गल्ती गरेँ भन्ने महसुस भएको थियो । तर मैले उनीसँगको सम्बन्धलाई मैले सक्नेसम्म निभाएँ ।’

zeenat aman5‘तर मेरो आफ्नै जीवनको ठेगान नभएपछि भने मैले उनलाई छोडेँ,’ उनले भनिन् ।

मजहरसँगको वैवाहिक सम्बन्ध स्मरण गर्दै उनले सिमीसँग भनेकी थिइन्, ‘एक कलाकारको रूपमा उनले मलाई अघि बढ्न दिइरहेका थिएनन् । उनी मलाई नियन्त्रणमा राख्न चाहन्थे । मलाई बच्चाहरूसँगै घरभित्र राख्न चाहन्थे । उनीसँगको वैवाहिक जीवनमा कुनै पल स्मरणीय र खुसीको भएन ।’

स्मरण रहोस्, जिनत अमान दुई सन्तानकी आमा हुन् । उनका अजान खान र जहान खान नामका दुई छोरा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप