फिल्म ‘मायावी’ को छायाङ्कन निलगिरी हिमालबाट सुरु
काठमाडौँ । दिवाकर भट्टराईको निर्देशन रहने फिल्म ‘मायावी’को छायाङ्कन सुरु भएको छ । आइतबारबाट मुस्ताङको निलगिरी हिमाल क्षेत्रबाट फिल्मको छायाङ्कन सुरु भएको हो । नेपाल र भारतका विभिन्न क्षेत्र गरेर ३५ दिनको छायाङ्कन सेडुल सहित फिल्मको छायाङ्कन सुरु गरिएको निर्देशक भट्टराईले जनकारी दिए ।
निलगिरी आसपासमा अभिनेता पल शाह, अभिनेत्री दीपिका दीपिका प्रसाईं र नव अभिनेता समिम खान फिचर्ड गीतको सुटिङ गर्दै फिल्मको छायाङ्कन सुरु गरिएको निर्देशक भट्टराईले बताए ।
फिल्ममा पल, दीपिकाको अलवा सुशील सिटौला, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार लगायतको अभिनय रहनेछ । एक वर्ष लामो हिरासत बसाइपछि रिहा भएका अभिनेता पल यसै फिल्म मार्फत केही वर्षपछि फिल्ममा फर्कन लागेका हुन् ।
निलगिरीपछि पोखरा र त्यसपछि भारतमा फिल्मको छायाङ्कन हुनेछ । फिल्ममा चन्द्र पन्त र राज कटुवाल निर्माताको रूपमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण