सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘मोडल हन्ट नेपाल २०२३’ को खोजी सुरु

आइतबार, ०७ असोज २०८०, १७ : ४४
आइतबार, ०७ असोज २०८०

काठमाडौँ । मोडल हन्ट नेपालको आठौं संस्करण सुरु भएको छ । नेपाली मोडलिङ प्रतियोगितामा बृहत् र स्तरिय मानिएको प्रतियोगिताको आयोजक नेक्स्ट मोडल्स नेपालले आइतबार एक विज्ञप्ती जारी गर्दै मोडल हन्ट नेपालको नयाँ संस्करण अर्थात ‘मोडल हन्ट नेपाल २०२३’ आवेदन खुल्ला भएको जानकारी दिएको छ ।

युवाको हकमा ५ फिट ६ इन्च र युवतीको हकमा कम्तीमा ५ फिट २ इन्च उचाई हुनुपर्ने प्रावधान रहेको प्रतियोगिताको आवेदन फर्म खल्ती एपबाट पनि भर्न सकिनेछ । फाइनल स्पर्धाका लागि छानिएका प्रतियोगीलाई व्यक्तित्व विकास, शारीरिक बनावट, र्याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट, एक्सप्रेसन लगायतका ग्रुमिङ कक्षामा सहभागी गराइनेछ ।

प्रतियोगितामा विजेता पुरुषले अमेरिकाको पार्टोरिकोमा आयोजना  हुने अन्तराष्ट्रिय मोडलिङ प्रतियोगिता रनवे मोडल इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछ । त्यस्तै महिला विजेताले अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता ‘सुपर मोडल इन्टरनेसनलमा’ नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नुको अलवा विज्ञापन, म्युजिक भिडियोमा अभिनय गर्ने अवसर र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन शोमा पनि सहभागिताको अवसर प्राप्त गर्ने आयोजक नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।

पछिल्लो समय सौन्दर्य प्रतियोगितामा महिला असुरक्षित भएको आवाज उठ्दै आएको छ । यस सम्बन्धमा पाण्डे आफूहरुले महिलाहरुको हकहित संरक्षण, उनीहरुको सुरक्षाको प्रत्याभूति गराउनुको साथै यस्ता प्रतियोगिताले दबिएको आवाज बुलन्द गर्न हौसला प्रदान गर्ने बताउँछिन् । 

उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यवसाहिक मोडल उत्पादन गर्ने उद्देश्यले विगत ८ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षण समेत बढ्दो रहेको आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप