देशलाई सामाजिक अराजकताले गाँजेको छ : ईश्वर पोखरेल
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देशमा सामाजिक अराजकताले गाँजेको बताएका छन् । नेकपा एमाले वागमती प्रदेश अधिवेशनमा शुभकामना मन्तव्य राख्दै नेता पोखरेलले बढ्दै गएको अराजकताले एमालेमात्रै नभएर देशको भविष्यमाथि नै गम्भीर प्रश्न उठाउन सक्नेतर्फ सचेत रहनुपर्ने बताए ।
‘देशमा जताततै संकटै संकट छ । यो संकट सामाजिक अराजकताले सिर्जना गरेको संकट हो’, उनले भने, ‘सांस्कृतिक अधोपतन र आर्थिक विश्रृंखलताले सिर्जना गरेको समस्या हो यो ।’ वरिष्ठ उपाध्यक्ष पोखरेलले यावत समस्यासँग जुध्ने नेकपा एमाले बलियो र सदृढ शक्तिका रुपमा आउनुपर्ने बताए । ‘यसको नेतृत्व
सुदृढ हुनैपर्छ । होइन भने अहिले बढिरहेको सामाजिक अराजकताले एमाले मात्रै होइन देशको भविष्यमाथि गम्भीर प्रश्न उठाउन सक्छ । सांस्कृतिक विचलनको चुनौतिलाई हल गर्न नसके ठिक ढंगले अघि बढ्न सकिँदैन’, पोखरेलको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण