रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट दिइएको आममाफी र जिल्लामा खटिएका नेताहरूले पेस गरेको रिपोर्टको समीक्षा गर्न बैठक बोलाएको छ । बुधबार अपराह्न ४ बजे केन्द्रीय कार्यालय बालाजुमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्ने प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिएका हुन् ।
कानुन र संविधानको उपहास हुने गरी गम्भीर फौजदारी अभियोग लागेका व्यक्तिहरूले समेत आममाफी पाएकोमा रास्वपाको गम्भीर ध्यानाकर्षण भएको उनले बताए । ‘संविधान दिवसको अवसरमा राष्ट्रपतिले दिएको आममाफी र ऐतिहासिक दस्ताबेज लेखनका लागि जनताको आवाज सुन्न जिल्ला जिल्ला पुगेका नेताहरूले पेस गरेको रिपोर्टको सम्बन्धमा समीक्षा हुन्छ’, उनले भने ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले असोज २ गते ६७० जनालाई बाँकी सजाय मिनाहा गरेका थिए । गम्भीर फौजदारी अभियोग लागेका अभियुक्तलाई समेत आममाफी दिएको चौतर्फी आलोचना भएको थियो । यस्तै संविधान दिवसको अवसर पारेर रास्वपाले दस्ताबेज लेखनका लागि जनताको सुझाव लिन सभापति रवि लामिछानेसहित १९ जना नेताहरू जिल्लामा कटिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण