रातोपाटीकर्मीमाथि भएको आक्रमणको विरोध
काठमाडौँ । रातोपाटीकर्मी कृष्णसिंह धामीमाथि सोमबार भएको सांघातिक आक्रमणप्रति विभिन्न संघ–संस्थाले विरोध जनाएका छन् । मंगलबार श्रमजिवी पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैसीले विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
‘समाचारमा चित्त नबुझेको वा गुनासो भएमा कानुनी उपचार खोज्ने उपाय भए पनि आक्रमणको तहमा जानु निन्दनीय छ । संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रतालाई भयरहित वातावरणमा उपभोग गर्ने व्यवस्था मिलाउन सरकार, प्रहरी प्रशासन र सरोकारवालालाई अनुरोध गर्दर्छौँ’, उनको विज्ञप्तिमा भनिएको छ ।
यसैगरी नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति, अनलाइन पत्रकार संघ, नेपाल आर्थिक पत्रकार संघ, नेपाल पत्रकार महासंघ ललितपुरलगायतले पनि घटनाको विरोध गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन् ।
धामीमाथि सोमबार बखुण्डोस्थित कार्यालय नजिकै सांघातिक आक्रामण भएको थियो । उनीमाथि केही पहिलेदेखि विप्लव नेतृत्वको नेकपा निकटका विद्यार्थी संगठनले धम्की दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण